६.३ रेक्टर स्केलको शक्तिशाली भूकम्पले हल्लायो,दर्जनौं घरहरु भत्किए,सडक चिराचिरा !

टर्कीको पश्चिमी क्षेत्र एजिएन र ग्रिसको लेसबस तथा चिओसमा सोमबार गएको शक्तिशाली भूकम्प भूकम्पमा परी दर्जनौं मानिसहरु घाईते भएका छन् ।

ग्रिक सरकारी टेलिभिजन इआरटीले ६.३ म्याग्नीच्युडको भूकम्प गएको जनाएको छ । लेसबसको भ्रिसा भन्ने गाँउमा ती १० जनाभन्दा बढि घाइते भएको र एक जना बृद्ध अवस्था खतरापूर्ण रहेको बताईएको छ ।

“दर्जनौ घरहरु भत्किएका छन्, गाँउका सडकहरु पनि चिराचिरा परेका छन्,” एक सरकारी अधिकारीले स्थानीय एक टेलिभिजनसँग भने ।

उद्धारमा खटिएका सुरक्षाकर्मी तथा अन्य स्थानीयले अपाङगता भएका र महिलाहरुलाई पहिलो प्राथमिकता दिई उद्धारको काम गरेका छन् ।

२०७४ जेष्ठ ३० गते ०९:०० मा प्रकाशित

You can share this post!

कृषकले पाए अलैंची सुकाउने आधुनिक भट्टी

इरान बन्यो आउँदो वर्षको विश्वकपमा छानिने एसियाको पहिलो टिम !

Related posts