यसरी मनाइयो स्याङजामा असार १५

सुशिल सुबेदी , स्याङजा । स्याङजाका नवनिर्वाचित जनप्रतिनिधी तथा सरकारी कार्यालयका प्रमुखहरुले किसानहरुसँग १४औँ धान दिवस मनाएका छन् । उनीहरुले वालीङ , पुतलीबजारका खेतहरुमा बाजागाजा सहित धानरोपेर असार १५ मनाएका हुन् ।

स्याङजा जिल्ला कृषि कार्यलयको जानकारी अनुसार असार १५ को दिनसम्म जिल्लाको १६ हजार ८ सय हेक्टर धान खेती हुने जमिन मध्ये २० प्रतीशत जमिनमा मात्र रोपाई सकिसकेको छ ।

७२ हजार ७ सय ३१ हेक्टर खेती योग्य जमिन मध्ये ५० हजार ३ सय ५० हेक्टर जमिनमा मात्र खेती हुँदै आएको छ ।

स्याङजाको प्रमुख शहर वालीङको नामाकरण वाली गीत गाउंदै रोपाई गर्ने भएकाले रहेको हो भन्ने किम्बदंती रहेको छ ।

बढ्दो जनसंख्या, अव्यवस्थित सहरीकरण जस्ता समस्याले गर्दा पहिलेको तुलनामा कृिष पेशा मर्यादित बन्न नसकेको जिल्ला कृषि कार्यलयका प्रमुख तेज प्रसाद दबाडीके भनाइ छ ।

प्रकाशित मितिः २०७४ असार १६

shyanjashyanja

२०७४ असार १६ गते ११:२६ मा प्रकाशित

You can share this post!

६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने मेगाको निर्णय

तपाईलाई कति कित्ता पर्छ,शनिबार बाँडफाँड हुने आईपिओबारे जान्नुहोस् !

Related posts