डा. केसी ११ औं पटक अनसन बस्दै

काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले फेरि अनसन बस्ने भएका छन् । उनले अपराहृन ४ बजे देखि ११ औं अनसन सुरु गर्दैछन् ।

विगतका सम्झौता कार्यान्वयनमा सरकारले कुनै चासो नदेखाएपछि अनसन बस्न बाध्य भएको डा.केसीको भनाइ छ । ‘माग सुनुवाईका लागि अहिलेसम्म सरकारबाट कुनै पहल नएको अवस्थामा अनसनको विकल्प नभएको उनले बताए ।

अनसन नबस्न भएको आग्रहलाई मध्यनजर गर्दै उनले त्यसपछि पनि केही दिन पर्खिए । तर, सरकारका प्रतिनिधिले सम्पर्क समेत गरेका छैनन् ।
डा.केसीले आफ्ना मागहरु पुरा गर्न सरकारलाई असार ३१ गतेसम्मको अल्टिमेटम दिएका थिए ।

प्रकाशित मितिः २०७४ साउन ९

२०७४ साउन ९ गते ११:५८ मा प्रकाशित

You can share this post!

कतार संकट समाधानका लागि टर्कीका राष्ट्रपतिद्धारा खाडी मुलुकको भ्रमण सुरु

आइसीसी यू – १९ विश्वकपमा नेपालले मलेसियालाई हरायो

Related posts