भरतपुरमा पुनः मतदान गर्न सर्वोच्चको फैसला

काठमाडौं । सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा फेरि मतदान गर्ने फैसला गरेको छ ।

मतपत्र च्यातिएपछि उत्पन्न विवादका सम्बन्धमा सर्वोच्चमा जारी मुद्दामा आइतबार सर्वोच्चका न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीले फेरि मतदान गर्नुपर्ने फैसला सुनाएका हुन् ।

भरतपुर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले पनि सदर गरेको हो ।

निर्वाचन आयोगले पुनः मतदान गर्न दिएको आदेश विरुद्ध भरतपुर-१९ मा एमालेका वडा सदस्यका उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसी पाण्डेले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेपछि मुद्दामा अदालतले हाललाई जे जस्तो अवस्थामा छ सो अवस्थाबाट अगाडि नबढाउनू भनी आदेश दिएपछि प्रक्रिया रोकिएको थियो। त्यसपछि पटक पटक पेशी तोक्दै आएको अदालतले आइतबार मात्र फैसला गरेको हो।

 

१५ साउन २०७४

२०७४ साउन १५ गते १८:०८ मा प्रकाशित

You can share this post!

प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै पटक गराउन आयोग तयार छ: प्रमुख निर्वाचन आयुक्त यादव

सिभिल बैंकको सीईओमा गोविन्द गुरुङ नियुक्त

Related posts