back
NMB ad

नवलपरासी दूध र मासुमा आत्मनिर्भर बन्दै

Kumari bank ad

नवलपरासी । नवलपरासी दूध र मासुमा आत्मनिर्भर बन्दै गएको छ । छ लाख ९० हजार जनसंख्या रहेको जिल्लामा आर्थिक वर्ष २०७३/७४ मा ६९ हजार १०५ मेट्रिक टन दूध उत्पादन भएको थियो । जिल्लामा औसतमा प्रतिव्यक्ति ९८ लिटर दूध पुग्ने अवस्था रहेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख शिव आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार जिल्लामा प्रतिव्यक्ति प्रतिवर्ष १४ किलो मासु उपभोग गर्नुपर्ने देखिएको छ । उक्त मापदण्डलाई जिल्लाले पूरा गरेको छ । जिल्लामा गत आवमा १३ हजार ७१९ मेट्रिक टन स्वस्थ मासु उत्पादन भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

पशुपन्छीजन्य वस्तुमा आत्मनिर्भर जिल्ला घोषणा गर्नका लागि भविष्यमा उक्त वस्तुको उत्पादनमा वृद्धि हुने आधार हुनुपर्ने, उपभोगका लागि अन्य जिल्लाबाट आयात गर्न नहुने र सो ठाउँका व्यक्तिले उक्त वस्तु उपभोग गर्नुपर्नेलगायत महत्वपूर्ण सूचक रहेका छन् ।

जिल्लालाई दूध र मासुमा आत्मनिर्भर जिल्ला घोषणा गर्नका लागि पर्याप्त मात्रामा उत्पादन भए पनि दूध र स्वस्थ मासु उपभोग गर्नमा सर्वसाधरण सचेत नरहेको, उत्पादन दरलाई कायम राख्न र वृद्धि गर्न पर्याप्त आधार नभएको तथा स्थानीय स्तरबाट आएको तथ्याङ्कसमेत यथार्थ यकिन हुन नसककाले दूध र मासुमा आत्मनिर्भर जिल्ला घोषणा गर्न नसकिएको कार्यालयले जनाएको छ । रासस

प्रकाशित मितिः २०७४ साउन १८

वि.सं.२०७४ साउन १८ बुधवार १४:४२ मा प्रकाशित

You can share this post!

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...