back
NMB ad

यसरी हुन्छ भैरहवा भन्सारमा दिनहुँ राजस्व छली

Kumari bank ad

भैरहवा । सुन्दा पनि अचम्म लाग्छ होला , भन्सार राजस्व असुली गर्न खटिएका कर्मचारीले नै राजस्व छलिमा सहयोगी बनेका छन् भन्दा तर घटनाक्रमले आश्चर्यतालाई सत्यतामा बदलीदिएको छ ।
मधेस आन्दोलनको कारण मुलुकको प्रमुख भन्सार नाका विरगन्ज प्रभावित भएपछि भारतबाट नेपाल भित्रीने मालबाहक समानहरु भैरहवा नाका तर्फ सिफ्ट भए । नेपालभरी भैरहवा भन्सारनाका लाइफ लाइनको रुपमा परिचीत भयो । भैरहवा भन्सारमा दिनरात नभनि खटिएका कर्मचारीप्रति सबैले आत्मैदेखी सम्मान पनि व्यक्त गरिरहे तर विडम्बना भन्सारकै कर्मचारीले भित्रभित्रै देश नै डुबाउनेगरी चलखेल गरिएको देखिएको छ ।

Bhairahwa vansar agadi pragayaptara binako malsahitko Truck (2)

कर्मचारी, एजेण्ट र प्रहरीको समेत मिलोमतोमा आजभोली भैरहवा भन्सारबाट दैनिक लाखौंको राजस्व छलि हुने गरेको तथ्य बाहिर आएको छ । विहिवार राति भंसारको गेटबाट बाहिरिएको केहि क्षणमा ना ४ ख ४१२६ नम्बरको ट्रक पुनः नियन्त्रणमा आयो । मालबाहक सो ट्रक भन्सारकै कर्मचारीले नियन्त्रणमा लिएका थिए । उक्त ट्रक नक्कली प्रज्ञापनपत्रको आधारमा वाहिरिएको थाहा पाएपछि कार्यलयमै कार्यरत कर्मचारीले सो ट्रक फर्र्काएका थिए । बाहिरी सकेको ट्रक पुनः फर्काइएपछि भन्सारका कर्मचारी भित्र ठुलै हल्ली खल्ली नै मच्चियो ।

Pragyapan patra (6)

भैरहवा भन्सार कार्यालयले साउन २६ गते प्रज्ञापन पत्र नम्बर एम ५६७८७ र एम ५६७९७ नम्बरबाट ना६ख ५६३५ नम्बरको ट्रकमा रहेको पर्दाको कपडा १ हजार १७ मिटर र वुलन टप २ हजार २ सय ७० बण्डलको भन्सार राजस्व असुली गरि छोडेको ट्रकको प्रज्ञापन पत्रको नक्कल गरि अर्को ट्रक ना ४ ख ४१२६ पनि छोडिए पछि कुरा वाहिर आएको हो ।
भंसार गरि छोडेको ना६ख ५६३५ नम्बरको ट्रकले गरेको भन्सार महशुल तिरेको प्रज्ञापन पत्र लाई नक्कली बनाएर ना४ख ४१२६ नम्बरको ट्रक पनि छोडिएको थियो जुन पछि सुराकका आधारमा त्यहि कार्यरत कर्मचारीले नियन्त्रणमा लिएको हुन् ।

Pragyapan patra (5)

मनकामना ईन्टरनेशनलले आयात गरेको उक्त कपडा दहाल कमिशन एजेण्ट मार्फत भन्सार भएको थियो । प्रज्ञापन पत्रबाट भैरहवा भन्सार कार्यालयले ४ लाख ३७ हजार ७ सय ६१ रुपैया र ३ लाख ६२ हजार ९ सय ४३ रुपैया भन्सार महशुल पनि असुली गरेको रेर्कड देखिन्छ । जुन ट्रक नम्बर फरक पारिए पनि समान र राजस्वमा भने कुनै फेर बदल देखिदैन ।
भैरहवा भन्सार कार्यालयले ना६ख ५६३५ नम्बरको ट्रकमा रहेको कपडाको भन्सार गरि सोही ट्रकको प्रज्ञापन पत्रबाट ना४ख ४१२६ नम्बरको ट्रक पनि पास गर्न खोजे पछि घटना बाहिर आएको हो । बाहिर गई सकेको ट्रक राती साढे ८ बजे फेरी भन्सारमै फर्काएर ल्याईएको थियो । भैरहवा भन्सार कार्यालयका माथिल्ला तहका कर्मचारीहरुको मिलेमतोमै यस्तो कारोबार हुने गरेको स्थानिय व्यापारीहरले बताउने गरेका छन् । दुबै गाडीको प्रज्ञापनपत्रमा भन्सार अधिकृत मन बहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन ।

Pragyapan patra (1)

उनले आफुले ना६ख ५६३५ नम्बरको ट्रक मात्र चेकजाच गरेको बताए । “अर्को ट्रकको प्रज्ञापनमा कसरी हस्ताक्षर आयो ?” भन्ने प्रश्नमा उनले यो अनुन्धानको बिषय रहेको प्रतिक्रिया दिए । ना४ख ४१२६ नम्बरको ट्रकमा रहेको समानको प्रज्ञापन पत्र देखिए पनि भन्सार कार्यालयको कुनै पनि कम्युटरमा सो को ईन्ट्रि भएको देखिदैन । भन्सार एजेण्ट र स्वयम प्रमुख भन्सार अधिकृतकै अनुसार एउटै प्रज्ञापन पत्र नम्बरबाट दुई वटा गाडीको भन्सार तिर्न मिल्दैन । प्रमुख भन्सार अधिकृत भुपालराज शाक्यले “कहि कतै” बदमाशी भएको स्विकार गर्दै यस बिषयमा गहन अनुसन्धान गर्ने बताए । ना४ख ४१२६ नम्बरको ट्रकमा अहिले भन्सार परिसरमै राखिएको छ । सो ट्रकमा चेकजाचमा खटिने कर्मचारीको गल्तीले यस्तो समस्या भएको एक अधिकारीले बताए ।
कर्मचारीले एउटा प्रज्ञापनपत्रमा गाडी भन्सार गेटबाट आउट भइसकेपछि पुनः अर्को गाडीलाई सोहि प्रज्ञापनपत्रमा पास गराउने गरेको तथ्य हो यो । कर्मचारीकै मिलोमतोमा हुने यो राजस्व छलीमा नेपाल प्रहरीले पनि सघाउने गरेको देखिएको छ । नेपाल प्रहरीको लुम्बिनी अन्चल प्रहरी प्रमुख दिपक कुमार थापाका घुमुवा असई अवधेस यादव रासकल यादवले भन्सारबाट छुट्नै विना भन्सारका सामग्री बोकेका गाडीको सुरक्षाको जिम्मा लिने गरेको स्रोतको दाबी छ ।

२७ साउन २०७४

वि.सं.२०७४ साउन २८ शनिवार २३:३२ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...