एकैपटक ७ ब्रोकर निलम्बित,कुन–कुन परे कारबाहीमा ?

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले एकैसाथ सात सेयर ब्रोकरलाई निलम्बन गरेको छ । धितोपत्र बोर्डको निर्देशन पालना नगरेको भन्दै यी ब्रोकर कम्पनीलाई अर्को सूचना जारी नभएसम्मका लागि कारबाही स्वरुप निलम्बन गरिएको नेप्सेले जनाएको छ ।

धितोपत्र बोर्डले ब्रोकर नं ६ अग्रवाल सेक्युरिटिज, ब्रोकर नं ८ आशुतोष ब्रोकेज्र एण्ड सेक्युरिटिज, बोक्र नं ५५ भुकुटि स्टक ब्रोकिगं कम्पनी रहेका छन् । त्यस्तै ब्रोकर नं ४० क्रेटिभ सेक्युरिटिज, ब्रोकर नं ४४ डायनामिक मनि म्यानेजर्ज सेक्युरिटिज, ब्रोकर नं २० श्री कृष्ण सेक्युरिटिज र ब्रोकर नं ४३ साउथ एशियन बुल्स रहेका छन ।7 broker

धितोपत्र बोर्डका अनुसार नियमन शुल्क नबुझाएपछि ती ब्रोकर कम्पनीहरुको कारोबार रोक्का गरिएको हो । आर्थिक बर्ष सकिएको एक महिना भित्र ब्रोकर कम्पनीहरुले बोर्डलाई नियमन शुल्क बुझाउनु पर्ने व्यवस्था छ ।

ब्रोकरहरुले संकलन गरेको कुल सेवा शुल्कको ०.६ प्रतिशत रकम नियमन शुल्क बापत धितोपत्र बोर्डलाई बुझाउनुपर्ने व्यवस्था छ ।

प्रकाशित मितिः २०७४ भदौ ५

२०७४ भदौ ५ गते ११:४८ मा प्रकाशित

You can share this post!

२५% बोनसपछि १६०% हकप्रद दिन लागेको कम्पनीको बुक क्लोजको मिति जान्नुहोस् !

१६% बोनस प्रस्ताव गरेको सिटिजन्स बैंकको बुक क्लोजको मिति ख्याल गर्नुहोस् !

Related posts