back
NMB ad

काठमाडौको चन्द्रागिरीमा अन्तर्राष्ट्रिय स्तरको भेहिकल्स ट्रेनिङ सेन्टर खुल्दै

Kumari bank ad

काठमाडौ । राजधानीको चन्द्रागिरि नगरपालिका १२ स्थित वलम्वु गुर्जुधारामा अन्तर्राष्ट्रिय स्तरको भेइकल्स ट्रेनिङ्ग सेन्टर निर्माण हुने भएको छ । कुल १५ रोपनी क्षेत्रफलमा भेकल्स एकेडेमी एण्ड रिसर्च सेन्टरले उपत्यकाकै ठुलो र अत्याधुनिक ड्राईभिङ् ईन्टिच्युट निर्माण गर्न लागेको दाबी गरेको छ ।

५ करोड रुपैंयाको लगानीमा स्थानिय युवाहरूको सकृयतामा अन्तर्राष्ट्रिय स्तरको कक्षा सञ्चालन हुने ड्राईभिङ् सेन्टर बनाइन लागेको हो। उक्त ड्राईभिङ् सेन्टरमा नेपालको भौगोलिक अवस्था र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको प्रशिक्षण हुने बताईएको छ । वैदेशिक रोजगारीमा सवारी चलाउन जाने व्यत्तिहरूलाई मध्यनजर गर्दै कम्पनीले दक्ष चालक उत्पादनमा जोड दिने बताएको छ ।

कम्पनीका संचालक राम नारायण घिमिरेले जिरो लेवल क्लास देखि सैद्धान्तिक,व्यवहारिक कक्षाहरू सञ्चालन हुने बताए । हाल यस ड्राईभिङ् सेन्टरमा जिरो लेवल वाट तयारी कक्षा समेत सञ्चालन हुुदै आएको छ । कक्षामा वस्ने र भर्ना हुने प्रतिक्षार्थीहरूले सवारी साधनको ज्ञान,पार्टपुर्जा ,ट्राफिक ज्ञान भौगोलिक अवस्था,सुरक्षा,विमा,जोखिम लगायत सामान्य देखि उच्च प्राविधिक शिक्षा प्रदान गर्ने घिमिरेको दावी छ। कम्पनीले एउटै थलोमा हेवि देखि लाईट सवारी साधनको टेनिङ् दिने छ ।

चन्द्रागिरिमा बन्न लागेको ड्राईभिङ् सेन्टरमा नयाँ मोडलका कार १० वटा बस २ वटा, मिनिवस २ वटा, मोटरवाईक २० वटा रहने कम्पनीले जनाएको छ । ड्राईभिङ् सेन्टर कात्तिकको पहिलो साताबाट औपचारिकरूपमा सुरू हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मितिः २०७४ भदौ २७

वि.सं.२०७४ भदौ २७ मंगलवार १०:२८ मा प्रकाशित

You can share this post!

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...