जोशीको अध्यक्षतामा सेती–महाकाली ट्रक व्यवसायी संघको नयाँ नेतृत्व सर्वसम्मत

कैलाली । सेती–महाकाली ट्रक यातायात व्यवसायी संघको अध्यक्षमा चेतराज जोशी निर्विरोध चयन भएका छन् । संघको नवौ बार्षिक साधारण सभा र सातौं अधिबेशनले जोशीको अध्यक्षतामा २० सदस्यीय कार्य समिति निर्विरोच चयन गरेको हो ।

संघको बरिष्ठ उपाध्यक्षमा धर्मपाल सिंह रावत, प्रशासन उपाध्यक्षमा विरेन्द्रबहादुर सिंह र उद्दार उपाध्यक्षमा टेक बहादुर देउवा निर्विरोध चयन गरेको हो । त्यस्तै संघको महासचिवमा दुर्गा प्रसाद जोशी, सचिवमा मोहन सिंह साउद, सहसचिवमा शेरबहादुर विष्ट, कोषाध्यक्षमा दानबहादुर साउद र सहकोषाध्यक्षमा महेश बोहरा निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा रमेश बम, बालकृष्ण न्यूरे, लोकराज जोशी, योगेन्द्र ठकुराठी, भीमराज कपाडी, दीपकराज भट्टराई, हर्क कप्डेल, तारा धामी, धुर्ब कार्की, सुर्यकुमार सिजाल र धन बहादुर विष्ट चयन भएका छन् ।

प्रकाशित मितिः २०७४ भदौ २९

२०७४ भदौ २९ गते १५:१९ मा प्रकाशित

You can share this post!

प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारको चुनावी खर्चको सीमा १४ लाख प्रस्ताव

कार्यकारी निर्देशकको ‘हट चियर’ मा बसेका कुलमान घिसिङका भावी योजना कस्ता छन् ? पढ्नुहोस्

Related posts