back
NMB ad

एमाले धादिङ जिल्ला कमिटीबाट पनि केन्द्रमा भुमी, प्रदेशमा नेत्रको नाम सर्वसम्मत

Kumari bank ad

धादिङ । नेकपा एमाले जिल्ला कमिटी धादिङको बैठकले आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको निम्ति क्षेत्रिय कमिटीको सिफारिस सदर गर्दै उम्मेदवार निर्णय टुंग्याएको छ ।

शुक्रबार राती सम्म चलेको जिल्ला कमिटी बैठकले यस अघि क्षेत्रीय कमिटीले क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका लागि पार्टी अध्यक्ष भुमी त्रिपाठी र प्रदेश १ (क) मा प्रदेश कमिटी सदस्य नेत्रराज पौडेलको नाम एकल नाम सर्वसम्मत रुपमा सिफारिस गरेको थियो । जिल्ला कमिटीले  पनि सोहि सिफारिस प्रदेशमा पठाउने निर्णय गरेको छ ।

यो दुवै क्षेत्र नेकपा एमालेले महत्वका साथ लिएको छ । गत स्थानीय तहको निर्वाचनमा क्षेत्र नं. १ को ६ वटा तह मध्य ५ वटामा नेकपा एमालेले विजय हासिल गरेको थियो । सो मध्य चार वटामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन थियो । गठबन्धनसंग एक मात्र स्थानीय तह (बेनिघाट रोराङ गाउँ पालिका) मा एमाले पछाडी परेको थियो । तीन वटा गाउँपालिकामा गठबन्धनलाई भारी मतान्तरले पराजित गरेको क्षेत्र हो । त्यस्तै प्रदेश सभा अन्तर्गत १ (क) को तीन वटै तहमा एमालेले विजय हासिल गरेको छ । दुई वटा गाउँपालिकामा गठबन्धनलाई पराजित गरेको थियो भने नगरपालिकामा त्रिपक्षिय प्रतिस्पर्धाकाबीच जितेको थियो ।

बैठकले प्रतिनिधि सभा क्षेत्र नं.२ का लागि क्षेत्रबाट आएको सिफारिस बमोजिम पार्टी केन्द्रीय कमिटीका वैकल्पिक सदस्य खेमप्रसाद लोहनी र सांसद गुरुप्रसाद बुर्लाकोटीको नाम सिफारिस गरेको छ ।

नेकपा एमाले वैकल्पिक केन्द्रीय सदस्य खेमप्रसाद लोहनी (वायाँ) र साँसद गुरुप्रसाद बुर्लाकोटी (दायाँ)
नेकपा एमाले वैकल्पिक केन्द्रीय सदस्य खेमप्रसाद लोहनी (वायाँ) र साँसद गुरुप्रसाद बुर्लाकोटी (दायाँ)

त्यस्तै २ को प्रदेश सभाका लागि क्षेत्रबाट आएका सबै नामलाई प्रदेशमा पठाउने वा सर्टलिस्ट गरेर पठाउने जिम्मा सम्बन्धित क्षेत्रका इञ्चार्ज सहित उच्चस्तरीय कार्यदललाई दिइएको पार्टी जिल्ला कमिटीका सदस्य नरेश खतिवडाले जानकारी दिए ।

यस अघि स्थानीय तहको उम्मेदवार टुंग्याउनको लागि बनाइएको कार्यदलमा पार्टी पोलिटव्युरो सदस्य राजेन्द्रप्रसाद पाण्डे, गंगालाल तुलाधर, केन्द्रीय सदस्य खेमप्रसाद लोहनी, अध्यक्ष भुमी त्रिपाठी, प्रदेश कमिटी सददस्य नेत्रराज पौडेल र सांसद गुरुप्रसाद बुर्लाकोटी रहेका थिए । यस पटक प्रदेश क्षेत्रिय कमिटीका इञ्चार्जहरु डा. रामकुमार अधिकारी, जानुका सिंखडा र रामप्रसाद अधिकारी समेतको नौ सदसिय कार्यदलले सोमबारसम्ममा अन्तिम टुंगो लगाउने छ ।

अध्यक्ष त्रिपाठीले अव दुई दिन काठमाडौंमा सबै नेताहरू बसेर सबै क्षेत्रको सिंगल नाम पठाउने गरी कार्यदलको बैठक बस्ने बताए । कार्यदलले टुंग्याउन नसके क्षेत्रको सिफारिस जस्ताको तस्तै प्रदेश कमिटीमा पठाइने अध्यक्ष त्रिपाठी बताउँछन् ।

प्रदेश तर्फ क्षेत्र १ (ख) मा केन्द्रीय लेखा आयोगका सदस्य मिनराज कंडेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव लक्ष्मण शर्मा, पार्टी जिल्ला कमिटीका सचिव शिव कंडेल र जिल्ला कमिटी सदस्य देवप्रसाद त्रिपाठीको नाम सिफारिस भएको छ ।

क्षेत्र नं. २ को (क) मा प्रदेश कमिटी सदस्य डा. रामकुमार अधिकारी, सहकारी विभागका सदस्यद्वय खेमबहादुर पाठक र पार्वती खाँड, जिल्ला कमिटी सदस्य कृष्णबहादुर लामा, धर्मबहादुर अर्याल, पर्यटन विभागका सदस्य राजेन्द्रप्रसाद सापकोटा, यज्ञश्वर अर्यालको नाम संकलन गरी जिल्ला कमिटीमा बुझाइएको थियो ।

(ख) बाट सांसद धनबहादुर घले, जिल्ला कमिटी सदस्यहरु उमेश थापा, ईन्द्रबहादुर श्रेष्ठ, बाबुकृष्ण श्रेष्ठ, गोपी पाण्डे, इन्दिरा ढंगाना, नारायणबहादुर कार्की, युवा संघ केन्द्रीय सदस्य भरतबहादुर खत्री, फुरबहादुर तामाङ, लिलाबहादुर खड्का, गोपाल गुरुङ गरी ११ जनाको नाम संकलन गरेर जिल्ला कमिटीमा बुझाइएको थियो । सो नाममा वरिष्ठता, कृयाशिलता र चुनाव जित्न सक्ने उम्मेदवारको प्राथमिकता तोकेर बढीमा ३ जनाको नाम प्रदेश कमिटीमा पठाउने वा सबैलाई एकमुष्ठ पठाउने विषयमा छलफल हुने बताइएको छ ।

समानुपातिक तर्फ भने संघ र प्रदेशमा गरी करिव ५० जनाको नाम संकलन भएको छ । जिल्ला कमिटीले पार्टी केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्पराज कंडेल, पर्यटन विभागका सचिव चन्द्रप्रसाद रिजाल, जिल्ला कमिटी सदस्यहरु रामहरि अधिकारी, उमा सिंखडा, टापबहादुर श्रेष्ठ लगायत बढीमा १८ जनालाई प्रदेश कमिटीमा सिफारिस गर्न सक्ने अनुमान गरिएको छ ।

२१ असोज २०७४

वि.सं.२०७४ असोज २१ शनिवार १७:४१ मा प्रकाशित

You can share this post!

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...