विश्व क्रिकेट लिग च्याम्पियनपसिपमा हङकङसँग नेपाल ८३ रनले पराजीत

काठमाडौ । हङकङमा भएको विश्व क्रिकेट लिग च्याम्पियनपसिपको आजको खेलमा नेपाल ८३ रनले पारजीत भएको छ । टस जितेर पहिले बलिङ गरेको नेपालले हङकङले दिएको १९५ रनको झिनो लक्ष्य पछ्याएको थियो । तरपनि नेपालले जीत आफ्नो पक्षमा पार्न सकेन ।

शीर्ष चारमा रहेर विश्वकप छनोटमा पुग्ने लक्ष्य कायमै राख्न नेपालले जित्नै पर्ने आजको खेलमा पराजित भएपछि नेपालको सन् २०१९ मा हुने विश्वकप छनोटको यात्रामा पनि नराम्रोसँग धक्का लागेको छ ।

त्यस्तै यस पराजयले ए डिभिजनमा रहेको नेपाली क्रिकेट बी डिभिजनमा झर्ने खतरा पनि कायम भएको छ । विश्व च्याम्पियनसिपमा आइतबार नेपालले हङकङसँग दोस्रो खेल खेल्नेछ भने आगामी डिसेम्बरमा अन्तिम चरण अन्तर्गत युएईसँग खेल्नेछ । ती सबै खेलमा जित हासिल गरेपनि नेपालले शीर्ष चारमा रहन अन्य खेलको नतिजा नै महत्वपूर्ण हुनेछ ।

प्रकाशित मितिः २०७४ साउन २७

२०७४ असोज २७ गते १३:२८ मा प्रकाशित

You can share this post!

लगानीकर्ताको बिरोधपछि सारियो बुक क्लोजको मिति

प्रधानमन्त्रीद्धारा निर्वाचनको सुरक्षा तयारीमा जुट्न प्रहरीलाई निर्देशन

Related posts