back
NMB ad

इपिएलमा ६ टिमका लागि ६० खेलाडी बिक्री

Kumari bank ad

आगामी डिसेम्बरमा हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगितामा ६० खेलाडीको अक्सन भएको छ । अक्सनमा कुल ९० खेलाडी राखिएको भएपनि ६० खेलाडी बिक्री भएका छन् । जसमा चार खेलाडी सबैभन्दा बढी मूल्यमा बिक्री भएका छन् भने केहि नाम चलेका खेलाडी विक्रि हुन असफल भएका छन् ।

बढी मूल्यमा बिक्री भएका खेलाडीमा अलराउन्डर आरिफ शेख, तीव्र गतिका बलर करण केसी, युवा स्पिनर सन्दीप लामिछाने र विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी छन्। विक्रि हुन असफल खेलाडीहरुमा अनिल मण्डल,सन्जम रेग्मी, राहुल विक र मन्जीत श्रेष्ठ लगाएत रहेका छन् ।

पहिलो श्रेणीका चारै खेलाडी १ लाख ७५ हजार रुपैयाँमा बिक्री भएका हुन् । यस श्रेणीका खेलाडीका लागि अधिकतम मूल्य १ लाख ७५ हजार राखिएको थियो। आरिफलाई भैरहवा ग्लाडिएटरले भित्र्याउँदा करणलाई विराटनगर वारियर्सले आफ्नो टिममा राख्यो । सन्दीप ललितपुर पाट्रिओट्समा उच्चतम मूल्यमा बिक्री भएका छन् भने विनोद पोखरा राइनोजमा आबद्ध भएका छन्।

इपिएलमा सहभागी हुन १ सय ६० खेलाडीले नाम दर्ता गराएका थिए । यीमध्ये ९० खेलाडीलाई सोमबार भएको अक्सन ९बोलकबोल० मा सहभागी गराइएको थियो । अक्सनमा प्रत्येक टिमले १०(१० खेलाडी आफ्नो टिममा भित्र्याएका छन् । योसँगै अब एक टिममा ११ खेलाडी आबद्ध भएका छन् । यसअघि १(१ खेलाडी मार्की खेलाडीका रुपमा आबद्ध भएका थिए । अब एक टिममा ३(३ जना विदेशी तथा एक स्थानीय खेलाडी ट्यालेन्ट हन्टमार्फत छानिनेछ।

सोमबार भएको अक्सनमा ३ श्रेणीका खेलाडी सहभागी थिए, जसमा ३ वर्ष राष्ट्रिय टिमबाट खेलेका खेलाडी पहिलो श्रेणीमा थिए । सन्दीप र आरिफलाई उत्कृष्ट खेलेको भन्दै पहिलो श्रेणीमा राखिएको थियो । दोस्रो श्रेणीमा उमेरसमूहको राष्ट्रिय टिमबाट नेपालको जर्सी लगाएका तथा ३ वर्षभन्दा कम समय राष्ट्रिय टिमबाट खेलेका खेलाडीलाई राखिएको थियो । तेस्रो श्रेणीमा विगत ५ वर्षमा राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडी थिए।

पहिलो श्रेणीका खेलाडीको न्यूनतम मूल्य १ लाख र उच्चतम १ लाख ७५ हजार रूपैयाँ रहेको थियो । दोस्रो श्रेणीको खेलाडीको न्यूनतम मूल्य ७५ हजार र तेस्रो श्रेणीका खेलाडीको ५० हजार रुपैयाँ राखिएको थियो। यसअघि इपिएलमा भाग लिने ६ सहरका टोलीको नाम सार्वजनिक गरिएको थियो । इपिएल खेल्ने टोलीमा काठमाडौं किंग्स इलेभेन, ललितपुर पाट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर, पोखरा राइनोज र चितवन टाइगर्स छन्।

काठमाडौंमा सोमपाल कामी, ललितपुरमा ज्ञानेन्द्र मल्ल, विराटनगरमा पारस खड्का, भैरहवामा शरद भेषावकर, पोखरामा शक्ति गौचन र चितवनमा दीपेन्द्रसिंह ऐरी ‘मार्की’ खेलाडीका रुपमा आबद्ध भएका थिए । ‘मार्की’ खेलाडीको न्यूनतम पारिश्रमिक २ लाख रुपैयाँ रहेको इपिएलले जनाएको छ। इपिएलले टिम मालिकको पनि नाम सार्वजनिक गरेको थियो । जसमा रोहित गुप्ता (काठमाडौं), किशोर महर्जन (ललितपुर), विशाल अग्रवाल (विराटनगर), आदित्य संघाई (भैरहवा), साहिल अग्रवाल (पोखरा) र किशोर भट्टराई (चितवन) छन्।

प्रकाशित मितिः २०७४ कार्तिक ७

वि.सं.२०७४ कात्तिक ७ मंगलवार १२:५८ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...