back
NMB ad

गैरआवासीय नेपाली संघ नर्वेद्धारा धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग प्रदान

Kumari bank ad

गैरआवासीय नेपाली संघ नर्वेले कल्याणकारी कार्यका लागि संकलन गरेको रकम गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष भवन भट्ट र एनसिसि बेल्जियमका उपाध्यक्ष योगिता थापाले संयुक्त रुपमा रु १ लाख ४० हजार ७ सय ८० र पैसा ५४ धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेललाई संघको सचिवालयमा संयुक्त रुपमा चेक हस्तान्तरण गरेका छन् । उक्त रकम रौतहट जिल्लाको चन्द्रनिगाहपुर स्थित सन्तपुरमा रहेका ४७ बाढीपिडत परिवारहरुकालागि निर्माण गरिने एकीकृत नमूना वस्तीमा उपयोग गरिने छ । सो एकीकृत वस्तीको निर्माण लागत करीव रु ६ करोड रहेको फाउण्डेसनका अध्यक्ष कट्टेलले जानकारी दिए ।

उनले गैरआवासीय नेपाली संघले सहयोग गरेकोमा हार्दिक आभार प्रकट गर्दै थप सहयोगको अपेक्षा पनि गरे । प्रति उत्तरमा संघका अध्यक्ष भट्टले धुर्मुस सुन्तली फाउण्डेसनले संचालन गरेका परोपकारी कार्यको प्रशंसा गर्दै यस्ता परोपकारी कार्यमा संघको सदैव सहयोग रहने छ भन्ने विश्वास दिलाए ।

प्रकाशित मितिः२०७४ कार्तिक २०

वि.सं.२०७४ कात्तिक २० सोमवार १२:२८ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...