सिभिल बैंक संचालक समितिले इच्छा राज तामाङलाई नयाँ अध्यक्ष नियुक्त गरेको छ । संचालक समितिको पुस ३ गते बसको बैठकले तामाङलाई नयाँ अध्यक्ष नियुक्त गरेको हो । बैंक संचालक समितिको बैठकले बहालवाला अध्यक्ष अम्बिर बोगटीको राजिनामा स्वीकृत गर्दे तामाङलाई पुन अध्यक्षमा नियुक्त गरेको हो ।
यसअघि तामाङले छाडेपछि बैंकले अम्बिर बोगटीलाई नयाँ अध्यक्ष नियुक्त गरेको थियो ।
बैंकको पाँचौं बार्षिक साधारण सभाबाट संस्थापक लगानीकर्ताको समूहबाट ईच्छाराज तामाङ, अम्बीर बोगटी, प्रकाश तायल, रीता श्रेष्ठ र विनोद लाल श्रेष्ठलाई सञ्चालकमा निर्विरोध निर्वा्चित गरेको थियो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयक (बाफिया) ले सांसदहरु बैंकको सञ्चालक रहन नपाउने ब्यवस्था गरेपछि तत्कालीन अध्यक्ष तामाङले सिभिल बैंकको अध्यक्षबाट राजिनामा दिएका थिए । बाफिया लागू हुँदा तामाङ एमालेको समानुपातिक कोटाबाट सांसद रहेका थिए । अहिले उनी सांसद छैनन् । तामाङ सिभिल बैंकका सस्थापक अध्यक्ष समेत हुन् ।
वि.सं.२०७४ पुस ५ बुधवार १४:४६ मा प्रकाशित