back
NMB ad

एल पि ग्यासको विकल्प, नेपालमै कवाडी सामान र फोहोरबाट ग्यास उत्पादन

Kumari bank ad

रुपन्देही। नवलरासीको सुक्रौलीमा रहेको ईन्भिपावर ईनर्जी एण्ड फर्टिलाईजर प्रालीले खानापकाउने ग्यास उत्पादन सुरु गरेको छ । स्थानीय स्तरमा पाईने कच्चापदार्थ गोवर कुखुराको सुली, भान्छाबाट निस्कने फोहर लगायतबाट ग्यास उत्पादन गरिएको उद्योगका संञ्चालक सन्दीपकुमार अग्रवालले बताए ।अहिले उद्योगमा दैनिक ८० सिलिण्डर ग्यास उत्पादन भएको छ । नवलपरासीमा नेपालमै पहिलो पटक विभिन्न कवाडी सामान र फोहोरबाट खाना पकाउने ग्यास उत्पादन सुरु भएको हो। यो उद्योगको क्षमता भने डेढ सय सिलिण्डर छ।

एउटा सिलिण्डरमा दश किलो ग्यास रहन्छ। एलपीज ग्यासको परनिर्भरता हटाउन उद्योग स्थापना गरिएको संचालक अग्रवालले बताए। उनका अनुसार छिट्टै अर्को उद्योग चितवनमा खोलिदै छ। २२ करोड लगानीमा नवलपरासीको रामग्राम नगरपालिका बन्जरिया गाउँमा उद्योग सञ्चालनमा आएको हो।

जर्मन प्रविधिबाट निर्मित वायोग्यास उद्योगमा दैनिक ३० देखि ४० टन कच्चा पदार्थ प्रयोग गरी २ सय सिलिण्डर ग्यास उत्पादन हुने उद्योगका अर्का संचालक डा.अभिनव अग्रवालले बताए। उनका अनुसार अहिले व्यवसायिक क्षेत्रलार्इ मात्रै ग्यास बिक्री भइरहेको छ। उद्योगले भैरहवामा रहेको वामा तन्दुरी र केपिएम चाइल्ड सेन्टरमा ग्यासको परीक्षण गरिसकेको छ। ग्यासको मूल्य प्रतिकिलो ९० रुपैयाँ राखिएको छ।अग्रवालले पाँच महिनापछि घरायसी प्रयोजनमा ग्यास बिक्री गरिने जानकारी दिए। उनले एलपिजी ग्यासको तुलनामा सुरक्षित र सस्तो रहेको दाबी गरे।

करीब तीन विघा क्षेत्रफलमा स्थापित उद्योगले १५ विघा जग्गा भाडामा लिएर मकै खेती लगाएको छ।उनका अनुसार मकैलार्इ ग्यासको कच्चा पदार्थको रुपमा प्रयोग गरिन्छ।वार्षिक तीनदेखि चार पटक उत्पादन हुने विशेष खालको मकै खेती गरिएको उनले बताए।कम्पनीले विभिन्न नगरपालिकासँग समेत समन्वय गरेर कुहिने फोहोर जम्मा पारेर ग्यास उत्पादनलार्इ अघि बढाउने योजना समेत बनाएको छ।

अग्रवालले नगरपालिकालार्इ फोहोर व्यवस्थापन गर्न पनि सजिलो हुने बताउँदै यसले एलपिजीको परनिर्भरता पनि घट्ने दाबी गरे। उद्योगमा चार जना इन्जिनियर र पचास जना अन्य कामदारले रोजगारी पाएका छन्।

वि.सं.२०७४ पुस ९ आइतवार १०:३७ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...