back
NMB ad

सूर्योदयमा उदायो एकीकृत उद्योग वाणिज्य संघ

Kumari bank ad

इलाम । सूर्योदय नगरपालिकामा एकीकृत उद्योग वाणिज्य संघ गठन गरिएको छ ।

जिल्लाकै सबैभन्दा ठूलो स्थानीय तह यस नगरपालिमा रहेका उद्योगी र व्यपारी संलग्न एकीकृत उद्योग वाणिज्य संघ गठन भएको हो ।

सूर्योदय नगरपालिका–२ मा सक्रिय रहेको पशुपतिनगर उद्योग वाणिज्य संघको पहलमा नगरस्तरीय उद्योग वाणिज्य संघ गठन भएको हो । विसं २०५६ मा सो संघ स्थापना भएको हो । फिक्कल र पशुपतिनगर उद्योग वाणिज्य संघको संयुक्त पहलमा नगरस्तरीय एकीकृत उद्योग वाणिज्य संघ गठन भएको एकीकृत उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईले बताए ।

सूर्योदय नगर क्षेत्रका उद्योगी, व्यवसायी र सरोकारवालासँग छलफल गरी एकीकृत उद्योग वाणिज्य संघ गठन गरिएको हो । पशुपतिनगर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा गौतम प्रधान र खड्गबहादुर खड्का, सचिवमा दामोदर चापागाईं, सह–सचिवमा लक्ष्मी प्रसाईं र कोषाध्यक्षमा लोकबहादुर प्रधान तथा युवराज ढुंगाना तथा सदस्यमा सजता प्रधान, सावित्रा मोक्तान, पुजन श्रेष्ठ, बिमल कार्की र डम्बर प्रधान रहेका छन् ।

सूर्योदय नगरपालिका क्षेत्रमा चिया, दूध, कृषिजन्य, पर्यटक, चीज, दैनिक उपभोग्य लगायतका दुई हजारभन्दा बढी उद्योग रहेका छन् । संस्थागत रुपमा सक्रिय पशुपतिनगर उद्योग वाणिज्य संघमा ३५० जना उद्योगी संलग्न छन् ।

२०७४ पुस १८ गते प्रकाशित

वि.सं.२०७४ पुस १८ मंगलवार १४:४९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...