back
NMB ad

प्रथम हिमालयन हाइड्रो एक्स्पो राष्ट्रपतिद्धारा उद्घाटन हुने, बहुर्राष्ट्रिय कम्पनी सहभागी हुने

Kumari bank ad

काठमाडौ । जलविद्युत उत्पादनमा छलाङ मार्ने सरकारी उदेश्य हासिल गर्न पहिलो पटक हिमालयन हाईड्रो एक्स्पो हुने भएको छ ।

सात वर्षमा १७ हजार मेगावाट विद्युत्त उत्पादन गर्ने नेपाल सरकारको लक्ष्यलाई विशेष सहयोग पुर्याउने उदेश्य साथ आयोजना गर्न लागिएको अर्न्तराष्ट्रियस्तरको हाइड्रो एक्स्पो २०१८ को सम्पुर्ण तयारी पूरा भएको छ ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसको आयोजना रहेको एक्स्पोको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने आयोजकले जानकारी दिएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोको उद्घाटन २१ गते शुक्रबार विहान ११ बजे हुनेछ भने तीन दिनसम्म चल्नेछ ।

एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुको सहभागिता रहने छ ।

एक्स्पोमा सीएमसी इटाली, भीओआइटीएच जर्मनी, बिएफएल,क्रिस्टल र फोल्भेल भारत, भापटेक बुल्थेरीय,माभेल चेक रिपब्लीक, पावर चाईना र सीएसइएस चाईनीच जस्ता बहुर्राष्ट्रिय कम्पनी पनि एक्स्पोमा सहभागी हुनेछन् ।

राजधानीमा पुस २३ गतेसम्म चल्ने एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक(वित्त कम्पनीहरु लगायत झण्डै सय वटा भन्दा बढी स्टल रहने छन् । जसमध्ये करिब पचास प्रतिशत स्टल विदेशी कम्पनीहरुको सहभागिता रहने छ ।

राष्ट्रिय योजना आयोग, उर्जा मन्त्रालय, जनसंख्या तथा वातावरण मन्त्रालयको संरक्षकत्व प्रदान गरेको भने नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन्स, युथ कम्युनिटी फर नेपलिज कन्ट्राक्टर्सले एक्स्पोलाई सहयोग गरेका छन् ।

दर्जनौं विदेशी कम्पनीहरुको सहभागिता रहने भएकाले नेपालको जलविद्युतको बजार विस्तारका साथै अनुभव आदान प्रदान गर्न एक्स्पोले महत्वपूर्ण योगदान पुरयाउने आयोजकले विश्वास लिएको छ ।

एक्स्पो अवधिमा हाइड्रो पावरका मुख्य मुख्य विषयमा सेमिनार समेत सञ्चालन हुनेछन् । पहिलो दिन पुक्ष्स २१ गते हाइड्रो टनेलिङ, दोस्रो दिन बैंकिङ्ग तथा इन्स्योरेन्स तथा अन्तिम दिन पुस २३ गते हाइड्रो पावर सम्बन्धिका सेमिनारहरु सञ्चालन हुनेछन् । एक्स्पो अवधिभर दैनिक रुपमा फरक फरक बिषयमा ६ वटा भन्दा बढी सेमिनार सञ्चालन गरिने छ ।

यसैगरी हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्नेगरी हाइड्रो पावर सम्बन्धी नयाँ अवधारणा बारे विद्यार्थीहरु एवं व्यक्तिगत आविष्कारका वस्तु तथा सेवा बिच प्रतिस्पर्धा समेत एक्स्पोमा गर्राइने आयोजकले बताएका छन् । विद्युतीय क्षेत्रसँग सम्बन्धित नयाँ वस्तु तथा अवधारणा विकास गर्नेहरु मध्येबाट उत्कृष्ट छनोट गरी कार्यक्रममा पुरस्कृत गरिने छ ।

प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ पचपन्न पैसा तथा द्वितीय र तृतीय हुनेलाई क्रमश २२ हजार २२२ रुपैयाँ २२ पैसा र ११ हजार १११ रुपैयाँ ११ पैसा नगद पुरस्कार प्रदान गरिने छ ।

नेपाल टनेलिङ एसोसिएशन, नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज, नेपाल–भारत उद्योग बाणिज्य संघ, नेपाल युरोपियन चेम्वर अफ कर्मश एवं स्वदेशी तथा विदेशी कम्पनीहरुको पनि एक्स्पोलाई सहयोग रहेको छ ।

एक्स्पोको टाइटल प्रायोजक जर्मनको भोओआइटिएच कम्पनी रहेको छ भने प्लाटिनियम प्रायोजक इटलीको सिएमसी दी रभेन्ना कम्पनीले गर्ने भएको छ । तीन दिनसम्म चल्ने प्रदर्शनीको ५० हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान आयोजकको छ ।

२०७४ पुष १९ गते प्रकाशित

वि.सं.२०७४ पुस १९ बुधवार १२:४२ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...