back
NMB ad

राधीको आइपीओ बाँडफाँड आज, कस्को भागमा कती ?

Kumari bank ad

काठमाडौ । राधी विद्यूत कम्पनी लिमिटेडले पुस ३ गते देखि निष्कासन गरेको ७ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको ७ लाख ६४ हजार ५ सय ५० कित्ता साधारण सेयर (आईपिओ) आज बाँडफांड हुने भएको छ ।

आईपिओमा १ लाख ६६ हजार आवेदन परेको थियो । भाग्यमानी ७१ हजार १ सय ३ जना सर्वसाधारण लगानीकर्ताले मात्र कम्पनीको आईपिओ दश कित्ताका दरले पाउने छन् ।

निष्काशन तथा बिक्रि प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिंग लिमिटेडका अनुसार बिहान ९ बजे बिक्रि प्रबन्धकको कार्यालय नारायणचौर नक्सालमा बाँडफांड हुने छ । सर्वसाधारणमा आइपीओ निष्काशन पश्चात कम्पनीको सेयर संरचना संस्थापक तर्फ ७५ प्रतिशत, आयोजना प्रभावित १० प्रतिशत र साधारण तर्फ १५ प्रतिशत रहेनछ।

कम्पनीले जारी गरेको आईपिओमा २ प्रतिशत अर्थात् १५ हजर २ सय ९१ कित्ता कमार्चारीको लागि र ५ प्रतिशत अर्थात् ३८ हजार २ सय २८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो । बाँकि रहेको ७ लाख ११ हजार ३१ कित्ता शेयर सर्वसाधारणको लागि छुट्याइएको थियो ।

राधि बिद्युत कम्पनीले ४.४० मेगावाटको राधि सानो हाइड्रोपावर परियोजना संचालन गरिरहेको छ। यस परियोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गरेपछि कम्पनीको चुक्तापूँजी ४१ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले घोर्मु गाविस ३ लमजुङमा राधी खोलाको पानी उपयोग गरी ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना निमार्ण गरेको छ । साथै कम्पनीले २०७१ साल जेठ ३१ गतेबाट व्यापारिक रुपमा नै विद्युत्त उत्पादन सुरु गरी राष्ट्रिय ग्रीडमा बिक्री समेत गरिरहेको छ ।

राधी साना जलविद्यूत ६० करोड रुपैयाँमा सम्पन्न भएको आयोजना हो । जसमा बैंक अफ काठमाडौको नेर्तृत्वमा सानिमा, ग्लोबल आईएमई, कुमारी र जनता बैंकले संयुक्त रुपमा ऋण लगानी गरेका छन ।
साथै कम्पनीेले दोलखामा निमार्ण हुन लागेको ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजनामा समेत लगानी गरेको छ ।

२०७४ माघ ३ गते प्रकाशित

वि.सं.२०७४ माघ ३ बुधवार ०९:५८ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...