back
NMB ad

निर्माण व्यवसायलाई मर्यादित बनाउन व्यवसायीको माग, व्यवसायीहरुलाई इजीपी सम्बन्धी तालिम आवश्यक

Kumari bank ad

काठमाडौ । नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले व्यवसायीहरुले सामना गर्नु परेको समस्याका बारेमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव महेश्वर न्यौपानेलाई जानकारी गराएको छ ।

बुधवार राजधानीमा भएको छलफलका क्रममा व्यवसायीहरुले आफ्ना समस्या र समाधानका बारेमा सचिव न्यौपानेको ध्यानाकर्षण गराएका हुन् । महासंघ प्रतिनिधिमण्डलले हाल सार्वजनिक निर्माणका बोलपत्रहरुमा इजीपी लागू भएपनि अधिकांश निर्माण व्यवसायीहरुलाई इजीपी सम्बन्धी तालिम दिन नसक्दा उनीहरु बोलपत्रमा सहभागी हुन नसकेको जानकारी सचिव न्यौपानेलाई गराएको छ ।

इजीपी प्रक्रियामा प्राविधिक समस्याहरु पनि देखिएकोले दुई करोड सम्मको निर्माण कार्यको लागि बिना इजीपी हार्डकपि खरिद गर्न र बोलपत्र दाखिला गर्न पाउने व्यवस्था गरिदिन महासंघ प्रतिनिधिमण्डलले सचिव न्यौपाने समक्ष आग्रह गरेको छ ।

यसैबीच महासंघ प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालय अन्तर्गत प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बनेकोे जिल्ला दररेट निर्धारण समितिको बैठकलाई प्रभावकारी बनाउन अनुरोध गरेको छ । ढुङ्गा, माटो, बालुवा, गिटी, ईटा तथा डण्डी जस्ता निर्माण सामाग्रीहरुको अप्रत्यासित मूल्य बृद्धि भइरहेको वर्तमान अवस्थामा धेरै पटक प्रयास गर्दा पनि दररेट निर्धारण समितिको बैठक वस्न नसकेकोे जानकारी प्रतिनिधिमण्डलले गराएको छ ।

सार्वजनिक खरिद नियमावली २०६४ को नियम १ सय ४८ बमोजिम अहिले १० प्रतिशत भन्दा बढी मुल्य बृद्धि भएकोले जिल्ला दररेट निर्धारण समितिको बैठक यथाशिघ्र बोलाई व्यवासयीहरुलाई राहत दिनुपर्ने महासंघको माग रहेको छ ।

जवाफमा सचिव न्यौपानेले निर्माण व्यवसायलाई मर्यादित तथा व्यवस्थित बनाउन आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । महासंघ अध्यक्ष विष्णुभाई श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले सार्वजनिक खरिद ऐनको पहिलो संशोधन र सार्वजनिक खरिद नियमावलीको चौथौं संशोधनले सम्बोधन नगरेका र त्रुटिपूर्ण भएका संशोधन सहित अन्य कानुनी जटिलताको विषयमा समेत सचिव न्यौपानेसँग छलफल गरेको महासंघका प्रवक्ता विष्णु बुढाथोकीले जानकारी दिए ।

प्रतिनिधिमण्डलमा अध्यक्ष श्रेष्ठसँगै महासंघका माहासचिव राम शरण देउजा, प्रवक्ता विष्णु बुढाथोकी, निर्माण व्यवसायी गोकर्ण शाह , जनसम्पर्क अधिकृत रामचन्द्र गिरी लगायतको सहभागिता रहेको थियो । यसअघि पर्यटन तथा नागरिक उड््यन सचिव रहनु भएका न्यौपाने हालै सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा हुनु भएको हो ।

२०७४ माघ २४ गते प्रकाशित

वि.सं.२०७४ माघ २४ बुधवार २०:०९ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...