back
NMB ad

तमाकोशीको २ करोड ६३ लाख कित्ता आइपिओ आउँदै, कस्ले कती गर्ने आवेदन ?

Kumari bank ad

काठमाडौ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले साधारण सेयर आइपिओ निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । विभिन्न विवाद र खिचातानीमा परेको आयोजनाले स्थानिय र सर्वसाधारण दुवैका लागि आइपिओ जारी गर्न लागेको हो ।

४ सय ५६ मेगावाटको जलविद्युत आयोजनाले स्थानीयबासीका लागि १० प्रतिशत र सर्वसाधारणका लागि १५ प्रतिशत सेयर निष्काशन गर्न लागेको जनाएको छ । जस अनुसार स्थानियको लागि १ करोड ५ लाख कित्ता तथा सर्वसाधारणका लागि १ करोड ५८ लाख कित्ता सेयर निष्काशन गर्नेछ ।

आयोजनाले आवेदन सीआस्वा प्रणाली मार्फत लिने जनाएको छ । सीआस्वामा आबद्ध नभएका लगानीकर्ताले सेयर आवेदन गर्न नपाउने भएकाले सी आस्वा प्रणालीमा आबद्ध हुनको लागि आयोजनाले लगानीकर्तालाई अनुरोध गरेको छ ।

स्थानीयबासीका लागि कम्पनीको सेयरमा ३० कित्ताभन्दा माथि र सर्वसाधारणका लागि १० कित्तादेखि माथि आवेदन गर्न पाउने व्यवस्था गर्ने प्रारम्भीक तयारीमा आयोजना रहेको छ ।

९४ प्रतिशत निर्माण कार्य पुरा भएको माथिल्लो तामाकोशीले आगामी वर्षदेखि नियमित रुपमा बिद्युत उत्पादन गर्ने अपेक्षा गरेको छ । लगानीकर्ताले आयोजनाले उत्पादन थालेको दिनबाट आम्दानी गर्न सक्ने भएकाले केही वर्ष भित्रमा प्रतिफल बितरणको आधार बनाउन सक्ने देखिन्छ ।

२०७४ फागुन २० गते प्रकाशित ।

वि.सं.२०७४ फागुन २१ सोमवार १९:३५ मा प्रकाशित

You can share this post!

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...