back
NMB ad

नारी दिवसकै दिन नारीमाथिको ‘क्रूर’ आक्रमण सामाजिक विकृति कि चुनौती ?

Kumari bank ad

भर्खरै मात्रै अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रमका साथ धुमधामले मनाइयो । महिला हक–हित र अधिकारको बारेमा महिला अधिकारकर्मी र विभिन्न संघ संस्थाहरुले चर्को चर्को भाषण गरे, ठुल्ठुला बहस भए । तर, बिडम्बना अन्तराष्ट्रिय नारी दिवस मनाइरहेकै दिन यता कैलाली घोडाघोडी नगरपालिकामा भने ११ कक्षामा अध्ययनरत अबोध युवतीलाई बोक्सीको आरोप लगाएर सामाजिक र मानसिक यातना दिएर निर्घात कुटपिट गरियो । जुन दृश्य देख्दा जो कसैको आङ सिरिङ्ग हुन्छ ।

रामबहादुर भन्ने व्यक्तिले म भोले बाबा हुँ भन्दै ती राधा नाम गरेकी निर्दोष युवतीलाई पिटिरहँदा त्यहाँको समाज रमिते बनिरहेको थियो । प्रहरी प्रशासन भने उल्टै मुकदर्शक झैं थियो । उता राधा चिच्याउँदै रुँदै थिइन्, मलाई बचाउ बचाउ भन्दै । युवाहरु फोनमा भिडियो खिच्न व्यस्त थिए ।

कला पन्थ/युरोप

मिडियामा आए अनुसार घोडाघोडी नगरपालिका मेयर ममताप्रसाद चौधरी स्वयं त्यो घटना मिलाउन तल्लिन भएको बताइएको छ । जनप्रतिनिधि चुनिएका ब्यक्ति आफ्नै गाउँमा बोक्सीको आरोपमा सार्वजनिक रुपमा कुटपिट हुँदा बोल्न नसक्नु, उल्टो घटना मिलाउन तिर तर्खर हुनु कत्तिको न्यायोचित होला ?

कहिले नाबालक बच्चालाई बलात्कार गरेर, कहिले निर्दोष महिलालाई बोक्सीको आरोप लागाएर निर्घात कुटपिट गरेर समाजमा जघन्य अपराध बढिरहेको छ । एक किसिमले भन्ने हो भने समाज दिनानुदिन क्रुर बन्दै गएझैं लाग्छ ।

देश संघीय गणतन्त्रमा गएको छ । स्थानीय, प्रदेश र संघीय सरकारलाई शक्तिशाली बनाउँदै जनताका आवश्यकताहरु स्थानीय तवरबाट समाधान गर्ने र दोषीलाई कडा कारबाही गर्ने अधिकार समेत दिएको छ । यस्तो अवस्थामा यस्ता सामाजिक अपराध बढ्नु अत्यन्तै दुःखद र लाजमर्दो कुरा हो । वर्षौंदेखि महिला हक, हित र संरक्षणका नाममा जनचेतना जगाउने भन्दै वाकलत गर्ने एनजिओ र आइएनजिओहरुलार्इ डलरमा मात्र सिमित रहेको यस्ता घटनालले पुष्ट्याईं गरिरहेका छन् । महिला अधिकार र जागरणका लागि आयोजना गरिएका कार्यक्रम केन्द्रमा मात्रै सिमित हुने, दुरदराजमा लक्षित समुहमा नपुग्ने, काम भन्दा कुरा मात्रा ठुलो गर्ने संघसंस्थाहरुले बेलैमा सोच्नुपर्ने बेला आएको छ ।

राज्यले दोषीलाई कडा कारबाही गरेर अशिक्षित समाजलाई जनचेतना फैलाउने कार्यक्रमको आयोजना गर्दै आगामी दिनमा यस्ता पिडादायक घटनाहरु नघट्ने तर्फ ध्यान जान जरुरी छ । अनि जनताबाट चुनिएका जनप्रतिनिधिहरु मुकदर्सक बनेर सामाजिक विकृति र अपराधलाई ढाकछोप गर्ने अवस्थाको अन्य हुन जरुरी छ ।

कैलाली घटना एक प्रतिनिधि मात्र हो । समाजमा यस्ता धेरै अपराध कायमै छन्, जुन शिक्षा, चेतनाको कमी र दण्डहीनताले गर्दा हुने गर्छ । यो घटनामा मेलमिलाप भन्दा पनि अपराधको रुपमा कानूनी दायरामा ल्याउन जरुरी छ । नेपाल प्रहरी र जनप्रतिनिधीहरु घटना मिलाउने ध्याउन्नमा लागेको देख्दा यो घटनाले राधा माथिको अन्याय भन्दा पनि सिङ्गो लोकतन्त्र र उपहास गरिएझैं लाग्छ । यदी मानविय संवेदना बाँकी नै छ भने पीडित राधाले हाँसेर मैले न्याय पाएँ भन्न सक्ने वातावरण सृजना होस । दोषी, आरोपी र रमिते बनेका मुकदर्शक समाजले पश्चातापको भारी जीवन भरी बोकुन् । नारी दिवसकै दिन नारीमाथिको यो ‘क्रूर’ आक्रमण सामाजिक विकृति कि चुनौती ?  बहसको बिषय बन्नु जरुरि छ !

भिडियो हेर्नुहोस

२०७४ फागुन २६ गते प्रकाशित

वि.सं.२०७४ फागुन २६ शनिवार २०:२३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...