back
NMB ad

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

Kumari bank ad

नुवाकोट । त्रिशूलीबाट काठमाडौँ जाँदै गरेको बा ५ ख ७९८ नं को बसले ठक्कर दिँदा विदुर नगरपालिका–३ का ईश्वरीलाल श्रेष्ठको मृत्यु भएको छ । बट्टारबजारस्थित सडक छेउमा हिँडिरहेका समयमा बसको ठक्करबाट ७५ वर्षीय श्रेष्ठ गम्भीर घाइते भएकामा उपचारका क्रममा नुवाकोट सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो । श्रेष्ठलाई ठक्कर दिने बसका चालक विदुर–१२ का सबिन भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी आजै बिहान मिनीट्रकको ठक्करले देवीघाटबाट गल्छी गइरहेको बा ७० प ४४२७ नंको मोटरसाइकल चालक विदुर–९, कोलनीका तिलकबहादुर मिजारको मृत्यु भएको छ । सत्चालीस वर्षीय मिजारलाई गल्छीबाट देवीघाट आउँदै गरेको बा ३ ख ६६६७ नंको मिनीट्रकले रातमाटेमा ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा छन् ।

२०७४ फागुन २७ गते प्रकाशित

वि.सं.२०७४ फागुन २७ आइतवार ११:१३ मा प्रकाशित

You can share this post!

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...