back
NMB ad

नेपाली कथानक चलचित्र ए मेरो हजुर २ कोलोराडोमा प्रर्दशन

Kumari bank ad

नातिबाबु भट्ट,कोलोराडो, अमेरीका । नेपाली कथानक चलचित्र ए मेरो हजुर २ को कोलोराडोको बोल्डरमा प्रदर्शन गरिएको छ ।बोल्डर नेपाल र ब्रमुण्डा ईन्टरटेन्टको संयूक्त आयोजनामा तथा चलचित्र निर्देशक झरना थापाको उपस्थितीमा चलचित्र प्रदर्शन गरिएको हो । निर्देशक झरना थापालाई कार्यक्रम स्थलमा परंपरागत धिमेबाजा, फुलका गुच्छा र खादाद्धारा स्वागत गरिएको थियो ।

कार्यक्रममा समाजसेवी डा. बिष्णुबहादुर श्रेष्ठ तथा सबिता श्रेष्ठले निर्देशक झरना थापालाई मायाको चिनो प्रदान गरेका थिए, भने लङमन्ट हिमालयज् लायन्स क्लवका अध्यक्ष प्रमोद श्रेष्ठ, बौद्ध समाज कोलोराडोका अध्यक्ष अक्कल तमाङ्ग, बोल्डर नेपालका बिके श्रेष्ठलगायतका ब्यातिmहरुले खादा पहिराएर सम्मान गरेका थिए । त्यस्तै कार्यक्रममा उपस्थित अभिनेता सुनिल क्षेत्री, नायिका साहारा कार्की, चलचित्र निर्देशक कृष्णमुरारी ढुङ्गेल, पूर्व मिस नेपाल ईशानी श्रेष्ठ, मिष्टर नेपाल युएसए आशिस श्रेष्ठ लगायतका कलाकारहरुलाई खादा पहिराएर सम्मान गरिएको थियो ।
बोल्डर नेपालका बिके श्रेष्ठले फिल्म हेर्न उपस्थित सबैलाई धन्यवाद दिदै यस प्रर्दशनबाट उठेको ५० प्रतिशत रकम मेकअप आर्टिष्ट ईन्द्रलामा र भर्जिनियामा उठेको २५ प्रतिशत चितवनका बिवेक परियारको उपचारमा खर्च गरिने घोषणा गर्दै अन्य ठाउमा प्रदर्शन गरेर उठेको रकम पनि त्यस्तै सामाजिक क्षेत्रमा खर्च गरिने प्रतिबद्धता जनाएका थिए । कार्यक्रम दिनेश कार्कीले संचालन गरेका थिए ।

कार्यक्रमको दोश्रो चरणमा निर्देशक कृष्णमुरारी ढुङ्गेल स्विच थिचेर फिल्मको प्रदर्शन सुरुगरेका थिए । हरिहर अधिकारीद्धारा लिखीत तथा सुनिल थापाद्धारा निर्मित यस चलचित्र झरना थापाद्धारा निर्देशित पहिलो चलचित्र हो । यसमा साम्राग्ज्ञ राज्य लक्ष्मी शाह, सलिममान बानिया, अमर सुवेदी, बुद्धी तमाङलगायतका कलाकारहरुको उल्लेखनिय भुमिका रहेको छ ।

विश्वको अग्लो स्थानमा रहेको तिलिचोताल, जोमसोम, फेवाताल र नेपालको सुन्दर तथा प्रकृतीक मनमोहक पाहाडी श्रृखलाहरु संगटिएको प्रेम कथामा आधारित चलचित्र एक पटक हेर्नै पर्ने दर्शकहरुले प्रतिकृया दिएका छन् ।

२०७४ फागुन २८ गते प्रकाशित

वि.सं.२०७४ फागुन २८ सोमवार ०७:२० मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...