back
NMB ad

बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश पु¥याउन सगरमाथा आरोहण

Kumari bank ad

नगरकोट । बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देशका साथ तामाङ समुदायबाट सगरमाथा आरोहण गर्न लागेकी शर्मिला स्याङतानको सहयोगार्थ सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

तामाङ समुदायको तर्फबाट दोस्रो महिला आरोही एवं गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने नाराका साथै मानव बेचबिखनको विरुद्ध विश्वको सर्वोच्च शिखरमा पुगी सन्देश प्रवाह गर्न अग्रसर रहनुभएकी स्याङतानको सहयोगार्थ कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक विकु थोकरले बताए ।

उनका अनुसार आर्थिकरुपमा कमजोर नै भएपनि विश्वसामु नेपाल र नेपालीको पहिचानको विषयमा सन्देश प्रवाह गर्न सहयोगार्थ थोकर फिल्म प्रालिको आयोजनामा भक्तपुरमा बृहत् सांस्कृतिक कार्यक्रम गरिएको हो ।

शर्मिला स्याङतानले हाल तामाङ समुदायमा मात्र नभएर नेपाली चेली विभिन्न बहानामा विश्वका विभिन्न गल्लीमा बेचिएको विरुद्धमा पनि आफ्नो कदम रहेको बताए । कार्यक्रममा सरोकारवालाले विश्व मानचित्रमा सगरमाथाको देशका रुपमा प्रख्यात नेपाल भएपनि कूटनीतिकरुपमा आधिकारिक दस्तावेज नदिँदा नेपालीको पहिचानमाथि नै हमला भएको बताएका थिए ।

२०७४ चैत २ गते प्रकाशित

वि.सं.२०७४ चैत २ शुक्रवार १०:३२ मा प्रकाशित

You can share this post!

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत   

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:२९

काठमाडौँ, ११ वैशाख : आज बसेको लगानी बोर्डको ५८औँ बैठकले...

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४७

भैरहवा (रुपन्देही), ११ वैशाख : नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका...

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४२

काठमाडौँ, ११ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख...

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...