back
NMB ad

सूर्याको झण्डै २९ करोडको हकप्रद स्वीकृत, चुक्तपूँजी र सेयरमुल्य कती ?

Kumari bank ad

काठमाडौ । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले २८ करोड ८७ लाख रुपैँयाको हकप्रद जारी गर्नको लागि धितोपत्र बोर्डबाट स्वीकृती पाएको छ । कम्पनीले पुस २४ गते हकप्रदको लागि आवेदन दिएको थियो ।

कम्पनीले चैत १ गते ४० प्रतिशत अर्थात १० बराबर ४ अनुपातमा हकप्रद निष्काशनको लागि अनुमती प्रप्त गरेको हो । यससंगै कम्पनीलाई २८ लाख ८७ हजार ५ सय कित्ता हकप्रद बेच्नको लागि बाटो खुलेको छ ।

७२ करोड १८ लाख ७५ हजार रुपैँया चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद समेत गरेर एक अर्ब एक करोड छ लाख रुपैँया कायम हुनेछ । कम्पनीको अहिलेको सेयरमूल्य प्रतिकित्ता ७ सय १५ रुपैयाँ रहेको छ ।

१० प्रतिशत बोनस बाँडेको कम्पनीको बोनस सहितको ४० प्रतिशत हकप्रद जारी गर्नको लागि गत भदौमा सम्पन्न साधारण सभामै प्रस्ताव पारित भएको थियो । कम्पनीले बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटललाई छानेको छ ।

चालु आर्थिक वर्षको दोस्रा त्रैमासमा इन्स्योरेन्सले ७ करोड २६ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २० रुपैयाँ १३ पैसा कायम गरेको छ । कम्पनीको अहिले ५ अर्ब १६ करोड १४ लाख ६ हजार २ सय ५० रुपैँया बजार पूँजीकरण रहेको छ ।

जीबन बीमा कम्पनीले बीमा समितिको निर्देशन अनुरूप २०७५ असार मसान्तसम्म दुई अर्ब पूँजी कायम गर्नुपर्ने हुन्छ । जसका लागि हकप्रद पश्चात कम्पनीले ९९ करोड थप पूँजी विस्तार गर्नुपर्ने देखिन्छ ।

२०७४ चैत ६ गते प्रकाशित ।

वि.सं.२०७४ चैत ६ मंगलवार ०७:१७ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...