गोली हानेर श्रीमानले गरे श्रीमतीको हत्या

बाँके । बाँके जिल्लामा श्रीमान्ले गोली हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिल्लाको डुडुवा गाउँपालिका वडा नंं ३ वनकट्टीका ३० वर्षीय सञ्जयकुमार बर्माले २८ वर्षीया श्रीमती सुनिता वर्माको गएराति गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीका अनुसार कोखा र दाहिने हातमा गोली लागेकी सुनिताको घटनास्थलमै मृत्यु भएको छ । हत्या गर्ने बर्मालाई प्रहरीले पक्राउ गरेको छ । मानसिक रोगको औषधि सेवन गरिरहेका बर्माले बयानका क्रममा घरमा काम गर्ने नोकरसँग श्रीमतीको अनैतिक सम्बन्ध रहेको आशंकामा श्रीमतीको हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन् । घटनाको अनुसन्धान शुरु गरिएको छ ।

२०७४ चैत १६ गते प्रकाशित

२०७४ चैत्र १६ गते १७:३८ मा प्रकाशित

You can share this post!

सैनिक सम्मेलनमा १८ हजार पूर्व सैनिक भेला हुँदै

छालाले छुँदा पोल्ने,के हो सिस्नो ? थाहा पाउनुहोस् सिस्नोको फाईदाहरु

Related posts