back
NMB ad

कथाले मागे जस्तो होइन,देशले मागे जस्तो अभिनय गर्नुहोस : प्रम ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारहरुलाई देशले मागे जस्तो अभिनय गर्नुपर्ने बताउनुभएको छ । नेपाल चलचित्र कलाकार संघले आयोजना गरेको फान अवार्ड २०७३ वितरण समारोहमा आज प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले चलचित्र क्षेत्रमा धेरै चर्चा हुने गरेको भनाइ ‘कथाले मागे जस्तो’ लाई अब कथाले होइन देश र समयले माग जस्तो भूमिकामा बदल्नु पर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले देशले मागे जस्तो फिल्म बनाउन कलाकारहरुलाई आग्रह गर्नुभएको छ । “देश र समयले मागे अनुसार कथा बनाउनुहोस,कथाले मागे जस्तो अभिनय गर्नुहेस ” प्रधानमन्त्री ओलीले भन्नुभयो “कलाकारले मागे जस्तो सरकारले गच्छे अनुसार सहयोग गर्छ ।”
चलचित्र निर्माणको लागि नेपाल उत्तम ठाउँ भएको भन्दै प्रधानमन्त्री ओलीले आफ्नो यहाँको प्राकृतिक सुन्दरतालाई छायाँकन गरेर विश्वभर फैलाउनु पर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणका क्रममा त्यहाँका कलाकारसँग आफूले पनि अन्तरक्रिया गर्ने बताउनुभयो । केही समय पछि नै भारतका कलाकारहरुलाई नेपाल मै बोलाएर यहाँका कलाकारसँग अन्तरक्रिया गराउने आफ्नो योजना रहेको प्रधानमनत्ती ओलीले बताउनुभयो ।

“नेपाली कलाकारहरु पनि ओस्कार पुरस्कार पाउन योग्य छन्” प्रधानमन्त्री ओलीको भनाइ छ “नेपाल हेण्डसम र ब्यूटीफूलहरुको देश हो ।” नेपालको चलचित्र उद्योगलाई विकास गर्न सरकारले यथासक्य सहयोग गर्ने प्रतिवद्धता प्रधानमन्त्री ओलीको छ ।

चलचित्रले मनोरञ्जन मात्र हैन समाज जागरणका लागि पनि असाधरण भूमिका निर्वाह गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । “अहिलेको सरकार देशको कुनै एक क्षेत्रमा हैन सबै क्षेत्रको विकास उहि गतिमा होस भन्ने चाहन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसका लागि चलचित्र क्षेत्र पनि उतिकै अब्बल र समृद्ध हुन जरुरी छ ।”

२०७४ चैत १६ गते प्रकाशित

वि.सं.२०७४ चैत १६ शुक्रवार १९:२९ मा प्रकाशित

You can share this post!

छुट्ला है, यी दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, यी दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:४७

काठमाडौं । आज बैशाख ६ गते, बिहीबार, सूर्यज्योति लाइफ इन्स्योरेन्स...

आज ६ बैशाख २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ६ बैशाख २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:१५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना   

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना   

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:३४

कोलम्बो(श्रीलङ्का), ५ वैशाख : श्रीलङ्काली सरकारले सन् २०२४ मा चार...

सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा   

सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा   

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:२६

घोडाघोडी (कैलाली), ५ वैशाख : सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी क्षमता...

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने  

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने  

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:१९

गोरखा, ५ वैशाख : गोरखा नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिका भर्ना...

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान   

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान   

वि.सं.२०८१ वैशाख ५ बुधवार १६:२२

काठमाडौँ, ५ वैशाखः नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी...