back
NMB ad

आमाबुबा नपाल्ने र समाज बिगार्नेलाई सेवासुविधा नदिइने नगरपालिकाको निर्णय

Kumari bank ad

बाजुरा । बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले आफ्ना आमाबुबा नपाल्ने र बुढेसकाल हुँदा बेवास्ता गर्ने नागरिकलाई नगरपालिकाबाट दिइने सेवा सुविधा रोक्ने बताएका छन् । बडीमालिकाको नियमित कार्यक्रम महिलासँग उपप्रमुख कार्यक्रमको शुक्रबार प्रमुख बडुवालले शुरुवात गर्दै छाउपडी, लैङ्गिक हिंसा र मदिरा सेवन गरी समाज बिर्गाने क्रियाकलाप गर्नेलाई नगरपालिकाको जन्मदर्ता, सिफारिसलगायत सुविधाबाट वञ्चित गर्ने बताईन् ।

नगर उपप्रमुख कविता विष्टले महिलालाई समान रुपले व्यवहार गर्दै सभ्य समाज निर्माण गर्न आग्रह गरिन् । नगर प्रमुख बडुवालले जातीय विभेद्, महिला माथिहुने लैङ्गिक हिसां न्यूनीकरण गर्नका लागि पुरोहित र धामीझाँक्रीको महत्वपूर्ण भूमिका रहेको छ भनिन् ।

महिलासँग उपप्रमुख कार्यक्रमले नगरपालिकाभित्र रहेका महिलालाई उद्यमशील बनाउने, महिला सशक्तिकरण र सवलीकरणका कार्यक्रमलाई प्राथमिकता प्रदान गर्ने, महिला हिंसा र लैङ्गिक असमानतालाई निरुत्साहित गर्ने, पहुँच स्थापना, समता÷समानता÷समविकास, सहकार्यत्मक वातावरण निर्माण गर्ने कार्यक्रमको उद्देश्य रहेको नगर उपप्रमुख विष्टले जानकारी दिएकी छिन् ।

महिलासँग उपप्रमुख कार्यक्रममा सहभागी धामीझाँक्री र पुरोहितलाई छाउपडी प्रथा, लैङ्गिक हिंसा र बाल विवाहमा गर्ने गराउनेलाई कानूनी प्रावधान र सजायका बारेमा सहजीकरण गरिएको बताइएको छ ।

२०७४ चैत २४ गते प्रकाशित

वि.सं.२०७४ चैत २४ शनिवार १३:२७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...