६० करोड रुपैयाँको आइपीओ जारी गर्ने प्रस्तावसहित प्रभु लाइफ इन्सुरेन्सले बोलायो साधारण सभा

काठमाडौं । प्रभु लाइफ इन्सुरेन्सले आइपीओ जारी गर्ने प्रस्तावसहित जेठ १० गते वार्षिक साधारण सभा बोलाएको छ । यस इन्सुरेन्सको हाल १ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । कम्पनीले बिमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउन ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्नुपर्नेछ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म प्रभु लाइफले ३ करोड ७२ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसको रिजर्भ कोषमा ३ करोड ७४ लाख ८५ हजार रुपैयाँ छ । सभा लैनचौर ब्याङ्क्वेट, लैनचौर काठमाडौंमा दिउँसो २ बजे सुरु हुनेछ ।

२०७५ बैशाख २० गते प्रकाशित

२०७५ वैशाख २० गते १२:०२ मा प्रकाशित

You can share this post!

यस्तो छ, कालीमाटीमा आजको तरकारी थोक मूल्य विवरण

सिभिल बैंकको ट्याव बैकिङ सेवाको शुभारम्भ

Related posts