एभरेस्ट इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयर पारित

काठमाडौं । एभरेस्ट इन्स्योरेन्स कम्पनीको २३ औं वार्षिक साधारणसभाले आ.व ०७३।७४ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर तथा बोनस सेयरबापतको कर प्रयोजनार्थ ६ लाख ३९ हजार ४ सय ७४ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित भयो ।

साथै, कम्पनीको सेयर संरचनामा न्यूनतम ५१ प्रतिशत संस्थापक सेयरधनी कायम गर्नका लागि बोनस सेयरपश्चात् हुन आउने कुल चुक्ता पुँजीमा यस कम्पनीका सेयरधनीहरूलाई एक बराबर एक दशमलव शून्य पाँच संस्थापक सेयर कायम हुने गरी हकप्रद सेयर जारी गर्ने र तत्पश्चात कायम हुने सम्पूर्ण सेयरधनी (संस्थापक र सर्वसाधारण) लाई एक बराबर तिन हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

२०७५ बैशाख ३० गते प्रकाशित

२०७५ वैशाख ३० गते ११:३५ मा प्रकाशित

You can share this post!

आयोजना प्रभावितलाई हाइड्रोपावरको ३ लाख ७१ हजार कित्ता आइपीओ आउँदै

त्रिभुवन विमानस्थलमा ४ वटा पार्किङ वे थपिँदै, जहाज आकाशमै होल्ड हुने समस्या हट्ने 

Related posts