जनता बैंकको भण्डारा शाखाबाट कारोवार सुरु

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले थप एक नयाँ शाखाबाट कारोवार सुरु गरेको छ । चितवन जिल्लाको राप्ती नगरपालिका वडा नं. ५स्थित भण्डारा शाखाबाट कारोवार सुरु गरिएको हो । पूर्व पश्चिम राजमार्गमा रहेका स्थानीय उद्यमी, व्यापारी तथा राप्ती नगरपालिकाका जनताहरुले यस शाखाबाट अन्य शाखाहरुमाझै आधुनिक बैंकिङ्ग सुविधा तथा रेमिट्यान्सको सुविधा लिन सक्नेछन् ।

बैंकले पूर्व पश्चिम राजमार्ग भएर ओहोर दोहोर गर्ने ग्राहकहरुले यस शाखा मार्फत थप सुविधा लिन सक्नेछन् भन्ने अपेक्षा लिएको छ ।
यस सँगै चितवन जिल्लामा मात्रै जनता बैंकको ८ वटा शाखा पुगेका छन् भने देश भरी शाखा सञ्जाल ११६ पुगेको छ । यससगै बैंकले ४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

२०७५ जेठ १३ गते प्रकाशित

२०७५ जेष्ठ १३ गते १२:३४ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्रीबाट नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन शुरु

आइएमई जनरल इन्स्योरेन्स र ओम हस्पिटल बिच क्यास लेस सेवा सम्झौता

Related posts