काठमाडौं । वोमी माइक्रोफाइनान्सको आज बुधबार देखि ३० प्रतिशत हकप्रद सेयर बिक्री खुला भएको छ । वोमीले १० बराबर ३ को अनुपातमा २ लाख ३३ हजार २८० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौं र वोमी माइक्रोफाइनान्सको भरतपुर चितवन तथा यसका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन पाइनेछ ।
यसमा असार १९ गतेसम्म आवेदन दिन पाइनेछ । जेठ ३ गतेसम्म कायम सेयरधनीले मात्र यो हकप्रद भर्न पाउनेछन् । हाल वोमीको चुक्ता पुँजी ७ करोड ७७ लाख ६० हजार रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १० करोड १० लाख ८८ हजार रुपैयाँ पुग्नेछ ।
२०७५ जेठ १६ गते प्रकाशित
वि.सं.२०७५ जेठ १६ बुधवार १०:१२ मा प्रकाशित