back
NMB ad

एक जुवा घाम’ लिएर आइन् सुनिता

Kumari bank ad

काठमाडौँ, । मध्यपूर्व इजरायलमा बसेर कविता सिर्जनाका साथसाथै साहित्य सेवा गरिरहेकी तेह्रथुमकी कवियत्री सुनिता राई कन्दङ्वा आफ्नो पहिलो कविता सङ्ग्रह ‘एक जुवा घाम’ लिएर आएकी छिन् । सानैदेखि कविता लेखनमा अभिरुचि भएकी उनका यसअघि विभिन्न पत्रपत्रिकामा फुटकर कविता प्रकाशित भएता पनि सङ्ग्रह भने पहिलो पटक प्रकाशन भएको हो । सङ्ग्रहमा ‘एक जुवा घाम’, ‘एक जीवित आत्मा’, ‘आमाको पुकार’, ‘ढाँडखोला भञ्ज्याङ र मेरी आमा’, र ‘कदेखि ज्ञसम्म’ समेत गरी जम्मा ६१ वटा कविताहरू समाविष्ट छन् ।

कवितामा कवियत्री सुनिताको उच्च काव्यचेत पोखिएको पाइन्छ । उनले ग्रामीण बिम्ब, प्रतीक र मिथकहरूको कुशल प्रयोग गरेर सरल र सम्प्रेष्य भाषामा कविता रचेकी छिन् । सङ्ग्रहभित्र प्रा.डा. गोविन्दराज भट्टराईको गहन भूमिका छ । भूमिकामा भट्टराईले सुनितालाई ‘समकालीन नेपाली कविता जगत्मा राम्रा कविता रच्ने एक स्पष्टवादी नारी स्रष्टा’ भनेका छन् । सङ्ग्रह विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिले छापेको हो ।

    २०७५ भदौ १० गते प्रकाशित

वि.सं.२०७५ भदौ १० आइतवार १०:४० मा प्रकाशित

You can share this post!

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...