back
NMB ad

प्रधानमन्त्री ओली र मोदीद्वारा पशुपतिनाथमा धर्मशाला उद्घाटन

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ क्षेत्रमा निर्माण भएको धर्मशाला उद्घाटन गरेका छन् । पशुपति क्षेत्रमा निर्माण भएको नेपाल भारत मैत्री धर्मशालाको उद्घाटन गरेका हुन् । धर्मशाला उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पशुपतिनाथले नेपाल र भारतको सभ्यता र संस्कृतिलाई जोडेको बताए । उनले बागमतीलाई सफा गरेर यहाँ स्नान गरेर पशुपतिनाथको दर्शन गर्न सकिने व्यवस्था गर्ने बताए ।

बाग्मती क्षेत्रको चौतर्फी विकास गर्ने काम सरकारको प्राथमिकतामा रहेको भन्दै ओलीले पशुपति क्षेत्र ज्ञान चिन्तन दर्शनको वास्तविक उद्गमस्थल भएको बताए । ‘जतिबेला दुनियाँमा अन्धकार थियो । यस ठाउँमा ज्ञान संग्रह थियो । यसलाई ज्ञानभूमि, तपोभूमि चिन्तनभूमि भनिन्छ । लामो समयदेखि हाम्रा पुर्खाहरुले ज्ञान विज्ञान अध्ययन अनुसन्धान गरेको ठाउँ हो’ उनले भने ‘केही वर्षयता विभिन्न कारण पछाडि परेको छ । अब समय आएको छ । अब पुनर्जागरणको आवश्यकता छ ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ हिन्दु र वौद्ध धर्माबलम्बीको संगमस्थल भएको बताउँदै यस क्षेत्रको विकासमा भारतको सद्भावना र सहयोग रहने बताए । नेपाल भारत मैत्री धर्मशालाले नेपालको पर्यटन विकास र आर्थिक गतिविधिमा सहयोग पुर्‍याउने ओलीले बताए ।

भारतीय प्रधानमन्त्री मोदीले नेपाल भारत मैत्री धर्मशाला नेपाल र भारतबीचको मित्रताको स्तम्भ भएको पनि बताए । पशुपतिनाथको पाउमा बिमस्टेक सम्मेलन भएको भन्दै मोदीले नेपालका प्रधानमन्त्री ओलीको नेतृत्वमा बिमस्टेक सदस्य देशहरु सुख शान्तिको दिशामा गति लिने विश्वास व्यक्त गरे । ‘

२०७५ भदौ १५ गते प्रकाशित

वि.सं.२०७५ भदौ १५ शुक्रवार १८:२७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...