back
NMB ad

बन्दीपुरवासीका लागि केबलकार कम्पनीको शेयर खुल्ला

Kumari bank ad

दमौली । बन्दीपुर केबलकार कम्पनीले तनहुँको बन्दीपुरवासीका लागि केबलकारको शेयर खुल्ला गरेको छ । कम्पनीले पूर्वघोषणा गरे बमोजिम बन्दीपुर गाउँपालिकाभित्र बसोबास गर्ने सर्वसाधारणका लागि शेयर खुल्ला गरेको हो ।

बन्दीपुरमा बसोबास गर्नेले रु एक लाखदेखि रु पाँच लाखसम्मको शेयर खरिद गर्न सक्ने बन्दीपुर केबलकार प्रालिका अध्यक्ष तारानाथ उपाध्यायले जानकारी दिनुभयो । कम्पनीले बन्दीपुरवासीका लागि ११ लाख २० हजार कित्ता शेयर छुट्याएको छ । बन्दीपुर केबलकार कम्पनी प्रालि र आरकेडी रियलस्टेट कन्स्ट्रक्सनको लगानीमा बन्दीपुरमा केबलकार निर्माण हुनलागेको हो । केबलकारको गत साउनमा शिलान्यास गरिएको थियो । हाल केबलकार जडानको काम भइरहेको छ ।

केबलकारमा स्थानीय अपनत्व बढाउन कम्पनीले केबलकार कम्पनीलाई पब्लिक कम्पनीको रूपमा विकास गर्ने जनाएको छ । बन्दीपुर आसपासका नागरिकलाई रु सात हजार ५०० तिरेपछि १० वर्षसम्म केबलकारको सेवा प्रदान गरिने आरकेडी रियलस्टेटका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । पत्रकारिता क्षेत्रबाट केबलकार प्रवद्र्धनमा सहयोग पु¥याउने तीन पत्रकारलाई वार्षिक रु एक/एक लाखको शेयरमार्फत सम्मान गरिने उहाँको भनाइ छ । सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएबापत एक समाजसेवीलाई समेत प्रत्येक वर्ष रु एक लाखको शेयरले सम्मानित गरिनेछ ।

बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि छिमेकी देश भारतमा ‘चलिए बन्दीपुर’ अभियान तथा धार्मिक पर्यटनको विकास गर्न ‘चार धाम बन्दीपुर जाम’ अभियान सञ्चालन गरिनेछ । करीब रु ५६ करोडको लागतमा निर्माण हुन लागेको केबलकार १५ महीनाभित्र सक्ने लक्ष्य छ । ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबलकारबाट एक घण्टामा दुई सय जनाले वारपार गर्न सक्नेछन् । झण्डै १० रोपनी क्षेत्रफलमा निर्माण हुने केबलकारले बन्दीपुर घुम्न आउने पर्यटकलाई अझ बढी आकर्षित गर्ने निर्माण कम्पनीको विश्वास छ । एशियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रबिन्दु बन्ने बताइएको छ ।

कम्पनीले स्थानीयवासीको सहकार्यमा होटल तथा रेष्टुराँ खोल्ने योजना बनाएको छ । बटम स्टेशनमा कार, मोटरसाइकल र निजी सवारीसाधन राख्नका लागि पार्किङको समेत व्यवस्था गरिने छ । ठूल्ढुङ्गेबाट शुरू हुने केबलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । ठूल्ढुङ्गेबाट बरालथोकसम्मको लम्बाइ एक हजार ६०० मिटर रहेको छ । डुम्रे बजारदेखि बन्दीपुर पुग्न सात किलोमिटरको उकालो चढ्नु पर्छ । केबलकार निर्माण भएपछि सो दूरी पार गर्न नौ मिनेट लाग्नेछ । रासस

२०७५ असोज १७ गते प्रकाशित

वि.सं.२०७५ असोज १७ बुधवार १०:४९ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...