back
NMB ad

प्रदेश आयोग गठन नहुन्जेल भर्ना केन्द्रबाटै : मन्त्री पण्डित

Kumari bank ad

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रदेश लोकसेवा आयोग गठन नहुदासम्म संघीय लोक सेवा आयोगबाटै कर्मचारी भर्ना हुने बताएका छन् । उनले केही पदहरुको बढुवा प्रक्रिया २ महिनाका लागि स्थगित गरिएको जानकारी दिए ।

बडादशैंको अवसरमा सञ्चार केन्द्र नेपालले सोमबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री पण्डितले समायोजनको प्रक्रिया लगभग टुंगिएको जानकारी दिएका हुन् । मन्त्री पण्डितले यही पुस मसान्तसम्म संघ, प्रदेश र स्थानीय तहमा समायोजन पूरा गर्ने मन्त्रालयको लक्ष्य लिएको बताए । ‘अब समायोजनमा केन्द्र्रित भएका छौं ।

पुस मसान्तभित्र समायोजन सकिने लक्ष्य छ । यससम्बन्धी ऐन मन्त्रिपरिषदको विधेयक समितिमा पुगेको छ’, मन्त्री पण्डितले बताए । उनले समायोजनका लागि आवश्यक पर्ने ऐन, नियमबाट केही बाधा नपर्ने समेत उल्लेख गरे । केही महिनाका लागि बन्द भएको विषयलाई सम्पूर्ण लोकसेवा आयोगको विज्ञापनहरु बन्द भयो भन्ने गलत हल्ला चलेकोमा उनले चिन्ता समेत राखे ।

निजामती प्रशासनलाई सबल, सक्षम एवं प्रविधिमैत्री बनाउन सरकार लागिपरेको जानकारी समेत उनले दिए । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य बालकृष्ण बस्नेतले सरकारले हालै न्यूनतम पारिश्रमिक तोकेपनि त्यसको कार्यान्वयनमा समस्या भएकोले त्यसको प्रभावकारी अनुगमन हुनुपर्ने बताए ।

२०७५ असोज ३० गते प्रकाशित

वि.सं.२०७५ असोज ३० मंगलवार १३:१३ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...