काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ । सेयर जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति पाएको छ । कम्पनीले एक १ करोड ४४ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । उक्त कम्पनीले सेयर जारी गर्न सेबोनबाट गत असोज २९ गते स्वीकृति पाएको थियो ।
कम्पनीले सञ्चयकोषका सञ्चयकर्ता, ऋण प्रदायक कम्पनीका कर्मचारी र संस्थापक सेयर धारण गर्ने कम्पनीका कर्मचारी र सर्वसाधारणलाई आईपीओ जारी गर्न लागेको हो । विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड, एनआइबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सिआईबिएल क्यापिटल लिमिटेड रहेका छन् । उक्त कम्पनीले कुल २ अर्ब ९४ करोड रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको हो ।
२०७५ कार्तिक ७ गते प्रकाशित
वि.सं.२०७५ कात्तिक ७ बुधवार ०८:४३ मा प्रकाशित