“सिभिल बैंक लिमिटेड र यूनियनलाईफ इन्स्योरेन्सबीच सम्झौता”

काठमाडौं । सिभिल बैंक लिमिटेडले जीवनवीमा सेवालाई विस्तार गर्ने उद्देश्यले यूनियन नेपाल लाईफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र यूनियन नेपाल लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गर्नुभयो ।

अब यूनियन नेपाल लाईफ इन्स्योरेन्सका जीवन वीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ६९ शाखाहरु मार्पmत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताउनु भयो ।

सिभिल बैंकले यस अघि पनि जीवन वीमा कम्पनिहरु मेटलाइफ, एल.आई.सी. नेपाल र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स तथा थुप्रै निर्जीवन वीमा कम्पनिहरुसंग सम्झौता गरी जीवन वीमा तथा निर्जीवन वीमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

२०७५ कार्तिक ८ गते प्रकाशित

२०७५ कार्तिक ८ गते १७:४९ मा प्रकाशित

You can share this post!

बाग्लुङमा वार्षिक ३५ करोडको मासु आयत

उपभोक्ता ठग्नेलाई तीन लाख जरिवाना हुने

Related posts