“सिभिल बैंक लिमिटेड र आईएमई डिजिटल सोलुसन्स लिमिटेड बीच सम्झौता”

काठमाडौ. । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सहज सेवा प्रदान गर्ने क्रममा आईएमई डिजिटल सोलुसन्स लिमिटेडसंग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र आईएमई डिजिटल सोलुसन्स लिमिटेडका तर्फबाट प्रमुख परिचालन अधिकृत ड्यानियल डि. श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।

अब सिभिल बैंकका ग्राहकहरुले आईएमई–पे मार्पmत सिभिल बैंक वा अन्य बैंकमा रकमान्तर गर्न,मोबाइल टप अप गर्न, विद्युत प्राधिकरण÷ल्यान्डलाइन÷एडीयसयल÷डिसहोमको बील भुक्तानी गर्न, आवद्ध संस्थाहरुको सेवा तथा बस्तु खरिद गर्नुका साथै सिनेमा हल र हवाई टिकट समेत खरिद गर्र्न सकिनेछ ।

चालु आर्थिक वर्षको प्रथम चौमासमा (एन.एफ.आर.यस.अनुसार) रु अठार करोड पचास लाख (जुनपहिलो वर्षको यसै अवधिको तुलनामा ६३.९९% को बृद्धी हो) कमाउन सफल यस बैंकको कुल शाखा संख्या ७० रहेको छ

२०७५ मंसिर १८ गते प्रकाशित

२०७५ मंशिर १८ गते ०९:१३ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले १२.७५ प्रतिशत बोनस सेयर दिने

आजसम्म किन्नेले मात्र एनआइसी एशिया बैंकको बोनस सेयर पाउने

Related posts