back
NMB ad

सौराहामा अन्तर–प्रदेश सभा अनुभव आदान प्रदान

Kumari bank ad

चितवन । चितवनको सौराहामा अन्तर–प्रदेश सभा अनुभव आदान प्रदान तथा अन्तक्रिगा कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
प्रदेश नम्बर ३ को प्रदेश सभा सचिवालयको आयोजनामा भएको कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले नेपालमा संघीयता नयाँ अभ्यास भएको उल्लेख गर्दै त्यसलाई सफल बनाउने दायित्व सबैको भएको बताउनुभयो । उहाँले अधिकार हस्तान्तरण गर्दै संघीयतालाई समृद्ध बनाउँदै जानुपर्नेमा जोड दिनुभयो । ‘अमेरिकामा अढाई सय वर्षदेखि संघीयता भए पनि त्यहाँ समस्या छन्,’ सभामुख महराले भन्नुभयो, ‘समस्याहरुसँग जुध्दै जाँदा परिपक्व हुन्छ ।’

सभामुख महराले संसद सबै विचार र भावनाको अभिव्यक्त गर्ने थलो भएकाले संघीय संसद र प्रदेश सभाबीच साझा फोरम निर्माण गरेर नियमित अन्तक्र्रिया र छलफल गरेर समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद र प्रदेश सभाले साझा अधिकारका सूचीबारे आगामी हिउँदे अधिवेशनबाट छलफल हुने बताउँदै त्यसपछि प्रदेश सभालाई कानुन बनाउन सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारले बिजनेस नदिएसम्म प्रदेश सभा कामविहीन हुने उल्लेख गर्दै तर प्रदेश सभाले काम गरेन भनेर गलत प्रचार हुने गरेको बताउनुभयो । उहाँले प्रदेश सभामा भौतिक पूर्वाधार र कर्मचारी व्यवस्थापनमा समस्या रहेको बताउँदै ती समस्यालाई समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले नयाँ संविधान कार्यान्वयनका लागि अन्तर प्रदेश सभाबीचको छलफल फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । ‘संसदीय अभ्यासलाई प्रक्रियामा लैजान चुनौती छन्,’ उहाँले भन्नुभयो, ‘संसदीय अभ्यासलाई उचाईमा पु¥याउन एउटा इँटाको काम गर्नेछ ।’ राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले संघीय संसद र प्रदेश सभाका समस्या साझा रहेको बताउँदै मिलेर समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रदेश सभाका सभामुख र उपसभामुखले भौतिक पूर्वाधार, मानव संशाधन र मर्यादा क्रम निर्धारण सच्याउनुपर्नेमा जोड दिनुभएको छ । प्रदेश सभाका सभामुख–उपसभामुखले संसदीय प्रणालीका ज्ञान भएका जनशक्ति नभएको, दरवन्दीको व्यवस्था न्यून रहेको, मर्यादाक्रम नमिलेको, प्रदेशका पदाधिकारी संघ जाँदा समन्वय अभाव रहेको बताउनुभयो । उहाँहरुले साझा सूची व्यवस्थित गर्न ढिला भएको पनि बताउनुभयो । उहाँहरुले संसदमा काम गर्ने कर्मचारीले अतिरिक्त समयको सुविधा नभएको, कर्मचारी प्रदेश सभामा काम गर्न इच्छुक नरहेकोलगायतका अनुभव राख्नुभयो ।

उपसभामुखहरुले भने आफूहरुको मर्यादाक्रम सच्याउनुपर्ने, भूमिका बढाउनुपर्नेमा जोड दिनुभयो । संघ र प्रदेश सभाका कानुन निर्माणको अवस्था, समस्याहरु, भौतिक पूर्वाधारसहित आन्तरिक व्यवस्थापनलगायतका विषयमा अनुभव आदान प्रदान गर्न कार्यक्रम गरिएको हो । संघीय संसद र प्रदेशसभाबीच अनुभव आदान प्रदान गर्न पहिलोपटक गत भदौ ३ गते काठमाडौंको चन्द्रागिरीमा संघीय संसद र प्रदेशसभाको नेतृत्वबीच सामूहिक अन्तक्र्रिया भएको थियो । कार्यक्रममा संघीय संसद (प्रतिनिधिसभा÷राष्ट्रिय सभा) तथा प्रदेश सभाका पदाधिकारी एवं सचिवहरुको सहभागिता थियो ।

२०७५ मंसिर २९ गते प्रकाशित

वि.सं.२०७५ मंसिर २९ शनिवार १५:४५ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...