back
NMB ad

ज्योति विकास बैंक र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट प्रा. लि. बीच सम्झौता

Kumari bank ad

काठमाडौं । ज्योति विकास बैंक र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट बसुन्धारा, काठमाण्डौं, बीच सहकार्य सम्झौता भएको छ । बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस अस्पतालका स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सो सम्झौतामा यस बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक सुशील कुमार शर्मा र अस्पतालका तर्फबाट हस्पिटल डाइरेक्टर सन्जिब राजभण्डारीले हस्ताक्षर गर्नुभयो । यस बैंकका ग्राहकहरुले बैंकको ATM Card देखाई र बैंकका कर्मचारीहरुले बैंकको Identity Card   देखाइ यो सुविधाको लाभ लिन सक्नेछन् ।

हाल बैंकले ८२ वटा शाखा कार्यालय तथा २२ वटा ATM  मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ८ वटा नयाँ शाखा तथा थप २७ स्थानमा ATM संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट रु. २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १९ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकास बैकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अरब १० करोड पुग्नेछ ।

२०७५ पौष १२ गते प्रकाशित

वि.सं.२०७५ पुस १२ बिहीवार ११:११ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

वि.सं.२०८० चैत १६ शुक्रवार २०:०७

काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका...

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...