back
NMB ad

आइतबारदेखि कारोबार हुने गरी माथिल्लो तामाकोशीको साढे १० करोड कित्ता सेयर नेप्सेमा सूचीकृत

Kumari bank ad

काठमाडौं । माथिल्लो तामाकोशीको १० करोड ५९ लाख कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ । माथिल्लो तामाकोशीले १०० रुपैयाँ अंकित मूल्यको १० अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर बिहीबार सूचीकरण गराएको हो । अब तामाकोशीको सेयर नेप्सेमा आइतबारदेखि कारोबार सुरु हुनेछ ।

अपर तामाकोशीले गत कात्तिक १५ देखि १९ गतेसम्म १ करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये १ करोड ५० लाख ९० हजार ७५० कित्ता सर्वसाधारणका लागि खुला गरिएको थियो । उक्त सेयरको बाँडफाँट मंसिर ११ गते भएको हो ।

सर्वसाधारण लगानीकर्ता तथा सञ्चयकर्ताहरुले नेप्सेमार्फत यो सेयर बिक्री गर्न सक्नेछन् । तर स्थानीय बासिन्दाले किनेको सेयर भने ३ वर्षसम्म कारोबार हुनेछैन । तामाकोशीको सेयर लगानीकर्ताको डिम्याट खातामा समेत आइसकेको छ ।

आइपीओमा रितपूर्वक आवेदन दिएका कुल ३ लाख ३४ हजार ७५ जना आवेदकमध्ये १ लाख ६१ हजार ३०० जनाले ४० कित्ताका दरले सेयर पाएका थिए । यस्तै, बाँकी १ लाख ७२ हजार ७७५ जना आवेदकलाई १० कित्ता थप गरी ५० कित्ता सेयर दिइएको थियो ।

कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको हाल ९७ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाको लागत भने दोब्बरले बढेर ६९ अर्ब ६१ करोड रुपैयाँ पुग्ने अनुमान छ ।

२०७५ पौष २६ गते प्रकाशित

वि.सं.२०७५ पुस २६ बिहीवार १८:२८ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...