ग्याल्बो ल्होसारमा प्रधानमन्त्रीको शुभकामना सन्देश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साँस्कृतिक विविधता नेपालीको पहिचान भएको बताउनुभएको छ । ग्याल्बो ल्होसारको उपलक्ष्यमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नेपालको भूगोलमा १२५ जाती र १२३ भाषा बोल्ने मानिसको बसोबास हुनु आफैंमा गौरवको बिषय भएको उल्लेख गर्नुभएको छ ।

“नेपाल आफैंमा एउटा संग्राहलय हो । यस भूगोलमा यती धेरै साँस्कृति विविधता छ ,जो अन्यत्र पाइदैन” प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ “यी विविधतालाई संरक्षण गर्न सरकार सधैं सकारात्मक छ ।”प्रधानमन्त्री ओलीले ग्याल्बो ल्होसार मनाउने सबै समुदायलाई सुख,शान्ती र उत्तरोत्तर प्रगतिको कामना पनि गर्नुभएको छ ।

२०७५ फागुन २३ गते प्रकाशित

२०७५ फागुुण २३ गते ०९:४३ मा प्रकाशित

You can share this post!

अबको २५ बर्षमा नेपालीको प्रति ब्यक्ति आय साढे १२ हजार डलर

बुटवल पावरको १८ प्रतिशत नगद लाभांश सेयरधनीको खातामा

Related posts