back
NMB ad

जनताको जलविद्युतमा थपिए सान्जेन जलविद्युत र रसुवागढी हाइड्रोपावर

Kumari bank ad

काठमाडौं । ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत सान्जेन जलविद्युत आयोजना र रसुवागढी हाइड्रोपावर पनि थपिएका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सोमबार बसेको जनताको जलविद्युत् कार्यक्रम सञ्चालन समन्वय समितिको बैठकले ती आयोजनालाई सोही कार्यक्रममा समावेश गरी शेयर बिक्री गर्ने निर्णय गरेको हो । यी दुई आयोजनाको समावेशसँगै ‘जनताको जलविद्युत कार्यक्रम’ मा २१ आयोजना पुगेको छ ।

दुवै कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, कोषका कर्मचारी तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र चिलिमे जलविद्युत् कम्पनीका कर्मचारीलाई आइपीओ बिक्री गरिसकेका छन् । दुवै कम्पनीलाई नेपाल धितोपत्र बोर्डले चैत १० आइपीओ जारी गर्ने अनुमति दिइसकेको छ ।  यी दुवै कम्पनीले आयोजना प्रभावित स्थानीयलाई भने आइपीओ बिक्री गर्न बाँकी नै रहेको छ । भूकम्पपछिको पुनर्निमाणलगायत कारणले स्थानीयलाई भन्दा पहिला सर्वसाधारणलाई जारी गर्न लागिएको हो । अब सर्वसाधारणलाई बिक्री गरिसकेपछि मात्र स्थानीयलाई जारी हुने रसुवागढीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

बोर्डले रसुवागढी हाईड्रोपावर लिमिटेडलाई एक अर्ब दुई करोड ६३ लाख १५ हजार बराबरको एक करोड दुई लाख ६३ हजार १५० कित्ता र साञ्जेन जलविद्युत् कम्पनीलाई ५४ करोड ७५ लाख बराबरको ५४ लाख ७५ हजार कित्ता शेयर बिक्रीको अनुमति यही चैत १० गते स्वीकृती दिएको हो।रसुवामा निर्माणाधीन अवस्थामा रहेका साञ्जेनका दुई वटा आयोजना छन् । त्यसमा माथिल्लो साञ्जेनको क्षमता १४.८ मेगावाट रहेको छ भने साञ्जेनको क्षमता ४२.५ मेगावाट छ । रसुवागढी आयोजनाको क्षमता १११ मेगावाट छ । आयोजनाको भौतिक प्रगति औसतमा करिब ७०५ हाराहारीमा रहेको छ ।

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत लगाताररुपमा शेयर बिक्री गर्ने निर्णयअनुसार नै दोस्रो चरणमा साधारण शेयर बिक्रीको तयारीमा रहेका रसुवागढी र साञ्जेनलाई समावेश गरिएको हो । ती दुई आयोजना चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीले निर्माण गरिरहेका आयोजना हुन् ।

२०७५ चैत १९ गते प्रकाशित

वि.सं.२०७५ चैत १९ मंगलवार १२:२८ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...