वाई वाई ग्लोकल टिन हिरोको पूर्वी एक्टिभेश्न २०१९

काठमाडौं । किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो’, ग्लोकल प्रालीको एक कार्यक्रम हो । यस मन्च मार्फत किशोर किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने छ ।

समर्पित र रचनात्मक किशोर किशोरीहरुको पहिचान गरी सुरुवातको लागि हौसला प्रदान गर्ने देशको पहिलो कार्यक्रमको यो पाँचौ वर्ष हो । नवलपरासीकी १७ बर्षिया बाल अधिकार अभियन्ता विपना शर्मा र युवा वैज्ञानिक, सन्तोष लामिछाने र दाङका १८ वर्षीया सामाजिक कार्यकर्ता सचिन डाँगी सोही कार्यक्रममा प्रथम भई २०१५, २०१६ र २०१७ मा पुरस्कृत भएका थिए । त्यसैगरी रूकुमकी १७ बर्षीय सामाजिक कार्यकर्ता प्रशंशा केसी २०१८ को वाई वाई ग्लोकल टीन हीरो बिजेता हुन् ।

देशका बिभिन्न भेगमा नबिनतम सिप र प्रभाबका किशोर किशोरी माझमा ग्लोकल टिन हिरोको अवसरको जानकारी पुर्याउने धैर्यका साथ यो वर्ष पनि ग्लोकल प्रालीले नेपालको पुर्वी भेगबाट एक्टिभेशन सुरु भएको छ । यही जानकारी पुर्याउने उदेशयले पूर्वको प्रान्त १ का तल उल्लेखित १६ स्कुलमा तीन भन्दा वढी किशोर किशोरी माझ ग्लोकल प्राली पुगेको छ ।

२०७६ जेठ २० गते प्रकाशित

२०७६ जेष्ठ २० गते १३:०२ मा प्रकाशित

You can share this post!

समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई ग्लोबल आइएमई बैंकको ५ लाख रुपैयाँ

शुक्लाफाँटा आरक्ष पीडितहरुको व्यवस्थापन गर्न वन मन्त्रीको ध्यानाकर्षण

Related posts