back
NMB ad

सिभिल बैंक लिमिटेडको ७७ औं शाखा सिराहाको गोलबजारमा

Kumari bank ad

काठमाडौं । सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा सिराहा जिल्लाको गोलबजारमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन एक कार्यक्रमको बीच गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले गर्नुभयो ।

उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा गोलबजार नगरपालिकाका मेयर देवनाथ साह, पत्रकार महासंघका सभापति राम बाबु यादव, प्रहरी निरीक्षक नविन घिमिरे तथा सिभिल बैंक प्रदेश नं २ का प्रदेश प्रमुख दिपक कुमार श्रेष्ठ लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले गोलबजारको बढ्दो आर्थिक गतिबिधिसंगै सिभिल बैंकले पनि आफ्नो शाखा उक्त क्षेत्रमा बिस्तार गरेकोमा खुशी व्यक्त गर्नुभयो । सिभिल बैंकका प्रदेश नं २ का प्रदेश प्रमुख दिपक कुमार श्रेष्ठले आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताउनुभयो ।

सिभिल बैंकले आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधिकेन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा पनि उहाँले बताउनु भयो । सिभिल बैंकको यस गोलबजार शाखासहित बैंकको कुल शाखा संख्या ७७ पुगेकोे पनि बैंकले जनाएको छ ।

२०७६ जेठ २८ गते प्रकाशित

वि.सं.२०७६ जेठ २८ मंगलवार १०:०५ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...