back
NMB ad

नेपाली जुत्ताघरको एसइई उत्तिर्ण विद्यार्थी लच्छित छात्रवृत्ति योजना समर शेल मेला २०७६ सुरु, ५० प्रतिशत सम्म छुट

Kumari bank ad

काठमाडौं । ७ वर्ष अघिदेखि शुरुवात गरिएको नेपाली जुत्ताघरले नेपालका चर्चित ७ वटा कम्पनिका १० ब्राण्डका जुत्ताहरु उत्पादन तथा बिक्रि वितरण गर्दै आएको छ । स्वदेशी ब्राण्डहरु शिखर सुज, बिएफ डियरहिल सुज, क्रस रोड, कोसेली छाला जुत्ता उद्योग, सफ्टटच सुज, लेदर वि·स, टाकुरा सुज, इजी शुज, टम टेलर र शुल्याण्ड सहितको ब्राण्डहरु एकै छानामुनी रहेको नेपाली जुत्ताघरले २०७५ सालको एसइईमा उत्तिर्ण विद्यार्थीहरुका लागि उच्च शिक्षाका लागि छात्रवृत्ति कार्यक्रम ल्याएको छ । यस योजनामा ग्राहकवर्गहरुले नेपाली जुत्ताघर मार्फत जुनसुकै ब्रण्डको जुुत्ताचप्पल खरिद गर्दा पाउने लक्की ड्र कुपन मार्फत भाग्यशाली विद्यार्थीले छात्रवृत्ति पाउनेछन् ।

विगतमा पनि नेपाली जुत्ता घरले यस्तै खाले विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । नेपाली जुत्ताघरले प्रारम्भिक बाल विकास केन्द्रकी संस्थापक पुष्पा बस्नेतलाई सो संस्थामा आश्रीत बालबालीकाका लागि जुत्ता सहयोग गरेको थियो । यस्तै विभिन्न प्रकृतिक प्रकोपका बेला पनि आर्थिक तथा भौतीक सहयोग गर्दै आइरहेको छ । यसै आर्थिक वर्षदेखी जुत्ताघरबाट बिक्री भएको जुत्तामा प्रतिजोर २ रुपैया संकलन गरी एउटा शैक्षीक छात्रवृत्ति अक्षयकोषको स्थापना गर्न लागिएको छ ।

एसइई छात्रवृत्ति योजना अन्र्तगत पहिलो पुरुष्कार नगद छात्रवृत्ति रु. पचास हजार एकजनालाई, दोस्रो पुरष्कार नगद छात्रवृत्ति रु. २५ हजार दुईजनालाई, तेस्रो पुरष्कार नगद छात्रवृत्ति रु. १० हजार पाँच जनालाई, सान्त्वना पुरष्कार दुईजोर कलेज ड्रेस जुत्ता २० जनालाई उपलब्ध गराईनेछ ।शर्तहरुः जुत्ता खरिद गर्दाको अर्धकट्टी कुपन अनिवार्य पेश गर्नुपर्नेछ । विद्यार्थी भएको परिचयपत्र, प्रमाणपत्र पेश गर्नुपर्नेछ ।यो उपहार योजना नतिजा २०७६ भाद्र १ गते नेपाली जुत्ताघर जमलमा प्रत्यक्ष खोलिनेछ । यो उपहार योजना घोषणा भएको १५ दिनभित्र प्रमाण पेश गरी लगिसक्नुपर्नेछ, अन्यथा कम्पनी छात्रवृत्ति दिन बाध्य हुनेछैन । बिजेताको नाम, कुपन नम्बर राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरिनेछ ।

समरशेल अफर २०७६ ः
यस्तै यस वर्षको समरशेल मेला सुरु भएको छ । ग्राहकवर्गको चाहना र मागलाई ध्यानमा राखी बिगतका ६ वर्ष देखि संचालित नेपाली जुत्ता चप्पलहरुको बृहत् समरसेल मेला यस वर्ष पनि असार १६ गते सोमबारवाट सुरु भएको हो । नेपाली जुत्ता घरको जमल, महाराजगञ्ज, कुमारीपाटी, बुद्ध मल बालाजु स्थीत आफ्नै बिक्रि कक्षमा आज देखि स्टक रहुन्जेल सम्मका लागी यो योजना सञ्चालन भएको छ ।

यो वृहद समरसेल २०७६ को प्रमुख उद्धेश्य नेपाली जुत्ता उद्योगहरु बाट उत्पादित गुणस्तरिय जुत्ता चप्पलहरु निश्चित समयको लागी १५ देखी ५० प्रतिशत सम्मको बिशेष छुट र रु.३०० देखी बिशेष सहुलियत सहित आश्चर्यजनक प्रतिस्पर्धी मुल्यमा बिक्रि खरिद गर्न सकिनेछ । यस समरशेलको उद्धेश्य नेपाली जुत्ता चप्पलहरुको प्रत्यक्ष प्रयोगकर्ता बढाई आगामी दिनमा तयारी जुत्ता चप्पलहरुको आयातलाई न्युनिकरण गर्न सहयोग पुर्याउनु रहेको छ । साथै आम जनमानसमा रहेको सेल मेला भनेको कम्पनीको स्टकमा रहेका पुराना तथा बिग्रीएका जुत्ताहरु बिक्रि गर्ने बुझाई भनौ या गलत भ्रम लाई चिर्नका लागी कम्पनीका गुणस्तरीय एवं आकर्षक जुत्ताहरुलाई विशेष छुटका साथ यो मेलामा बिक्रि गर्न लागिएको होे ।

यस मेलालाई उपभोक्ताले सर्व सुलभ मुल्यमा नेपाली जुत्ता तथा चप्पल प्रयोग गर्ने बानीको बिकासको लागी एक अनुपम थलो हुने विश्वास जुत्ताघरले लिएको जुत्ताघरका अध्यक्ष होमनाथ उपाध्यायले बताए । हरेक दिन हरेक ब्राण्डको बिचमा प्रतिस्पर्धा चलिरहेको छ, कुन दिन कुन ब्राण्ड पहिलो भयो भनि हरेक दिनको बिक्रिलाई मुल्यांकन गर्ने गरिएको अध्यक्ष उपाध्यायले बताए ।

यो समर सेल मेलामा नेपालका चर्चित १० वटा ब्राण्डका जुत्ता चप्पल हरु बिक्रि वितरण गरिनेछ । माथी उल्लेखित ब्राण्डका आकर्षक एवं गुणस्तरिय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु यस योजनामा उपलब्ध हुनेछन् । यो समर सेल मेलामा करीव १ लाख देखी १ लाख ५० हजार को हाराहारीमा आगन्तुक हरुले अवलोकन गर्ने र करीव ४० देखी ५० हजार जोर जुत्ता चप्पल हरु बिक्रि गर्ने कम्पनीको लक्ष्य रहेको छ ।

 

२०७६ असार १७ गते प्रकाशित

वि.सं.२०७६ असार १७ मंगलवार १०:५५ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...