back
NMB ad

बिक्री गरेको शेयर भूक्तानी अनलाइन प्रणालीबाटै हुने

Kumari bank ad

काठमाडौं। शेयर खरीदबिक्री गर्दा पूर्ण रुपमा अनलाइन प्रणालीबाट हुने भएको छ। यसअघि नेपाल क्लियरिङ हाउसले पहिलो चरणमा शेयर खरिद गर्दा अनलाइन प्रणालीबाटै भूक्तानी हुने व्यवस्था गरेको थियो।

अब केही दिनभित्रै बिक्री गरेको शेयर भूक्तानी पनि अनलाइनबाटै गर्ने कम्पनीले जनाएको छ। क्लियरिङ हाउसले अनलाइन कारोबारको भूक्तानी प्रणाली निर्माण कार्य दुई चरणमा सम्पन्न गरेको हो। पहिलो चरणको काम सकेर लगानीकर्ताले खरिद गरेको शेयर अनलाइनबाटै भूक्तानी हुने व्यवस्था कार्यान्वयनमा छ।

दोस्रो चरणको काम सकिएकोले केही दिनपछि लगानीकर्ताले बिक्री गरेको शेयरको पैसा खातामा आउने नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले जानकारी दिएका छन्।

हाल लगानीकर्ताले एक दिनमा एउटा बैंकबाट अनलाइन मार्फत बढीमा १० लाख रुपैयाँसम्मको भूक्तानी गर्न सक्ने छन्। उनका अनुसार आवश्यकता अनुसार हिस्सा बढाउँदै लैजाने योजना छ।अनलाइन प्रणालीमा कुनै समस्या नरहेको नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताएका छन्।अनलाइन प्रणाली कार्यान्वयनमा आएपछि सुरुवाती दिनमा केहि समस्या देखिएको थियो। सुरुमा केही समस्या देखिँदा कारोबार नै प्रभावित भएको थियो तर अहिले अनलाइन कारोबारमा कुनै समस्या नरहेको उनले जिकिर गरे।

नेप्सेका अनुसार दोस्रो बजारमा कारोबार गर्न सक्ने गरि करिब दुई लाख ९४ हजार लगानीकर्ताले मात्रै आफ्नो विवरण अद्यावधिक गराएका छन्। व्यक्तिगत विवरण अद्यावधिक गराएका मध्ये ११ हजार २४६ जनाले दोस्रो बजारमा कारोबार गरेका छन्। चालु आर्थिक वर्षको दोस्रो बजारमा हालसम्म ७७ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएको छ। उक्त कारोबार मध्ये अनलाइन प्रणालीबाट १० अर्ब ६० करोड रुपैयाँको कारोबार भएको छ । कारोबार संख्याको हिसावले चालु आर्थिक वर्षको हालसम्म १० लाख ६ हजार को संख्यामा कारोबार मध्ये एक लाख ४५ हजार जनाले अनलाइन प्रयोग गरेका छन्। पछिल्लो दिनमा दैनिक औसत कारोबार संख्यामा उल्लेख्य सुधार भएको नेप्सेले जनाएको छ।

२०७६ असार १७ गते प्रकाशित

वि.सं.२०७६ असार १७ मंगलवार १५:३१ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...