back
NMB ad

कार चढ्ने चाहना छ? छ भने बजारमा ५ लाखदेखि ५५ लाख रुपैयाँसम्मका कार बिक्रीमा

Kumari bank ad

 काठमाडौं । कार चढ्ने चाहना सबैको हुन्छ । कतिपयलाई मूल्यका कारण यो चाहना बाधक बनेको हुन सक्छ । ब्रान्ड न्यू कार किन्ने सोच नबनाएका उपभोक्तालाई ध्यानमा राख्दै रिकन्डिशन कार बिक्रेताहरुले राम्रो अवसर उपलब्ध गराएका छन् ।

पछिल्लो समय बिस्तार हुदै गएको सेकन्ड ह्यान्ड कार बजार बिक्री ५ लाखदेखि ५५ लाख रुपैयाँसम्मका चल्तिका कार पाइन्छ भने त्यो भन्दा बढी मूल्यका पनि सेकेन्ड ह्यान्ड कार बजारमा बिक्री वितरण भइरहेका छन् । यस्ता रिकन्डिशन हाउसहरुले ग्राहकबाट गाडी किन्दा त्यसको अवस्था, माइलेज, पार्टपुर्जा, नयाँ वा पुरानो कार के छ भन्ने आधारमा मूल्य तय गरेर खदिर गर्ने गर्छन् ।

पछिल्लो समय रिकन्डिशन हाउस दुईपाङ्ग्रेबाट चारपाङ्ग्रे सवारीमा उक्लन चाहने ग्राहकललाई आकर्षक खरिद बिक्री केन्द्रको रुपमा स्थापित भएका छन् । धेरै बिक्री गरेका गाडीहरुमा हुन्डाईको स्यान्ट्रो, टुसान र सन्ताफे तथा मारुतीको स्विफ्ट डिजायर, कार्गो भ्यान र मारुती भ्यान हुन् । प्राय, हुन्डाईको ग्रान्ड आई १०, सुजुकी स्विफ्ट, मारुती भिटारा ब्रेजा, वागेनआरको रिकन्डिशन मोडल खरिद गर्न चाहने ग्राहक बढी भएको पोदार बताउँछन् ।

नक्शालमा करिब १३ वर्षदेखि संचालनमा रहेको काठमाडौं अटोमोबाइलका महाप्रबन्धक सचिन कुईँकेल भन्छन् ‘उपयुक्त कन्डिसनका गाडीलाई सस्तो मूल्यमा उपलब्ध गराउँदै आएका छौं, रिकन्डिशन व्यवसायकै कारण आफ्नो रोजाई र बजेट अनुसारका गाडी सबैले चढ्न पाएका छन् ।’ त्यस्तै, गाडी फेरिरहने शौखिनहरुले पनि आफ्नो पुरानो गाडी बेच्ने उपयूक्त थलोको रुपमा रिकन्डिशन हाउस पाएका छन् । उनिहरुले आफ्नो पुरानो गाडी यस्तो ठाँउमा बेच्छन् र नयाँ किन्छन् ।

काठमाडौं अटोमोवाइलले मात्र मासिक १५ देखि २० वटासम्म रिकन्डिशन कार बिक्री गर्ने गरेको कुईकेल बताउँछन् । उपत्यकामा यस्ता रिकन्डिशन हाउसहरु थुप्रै खुलेका छन् । ‘रिकन्डिशन को बजार ठूलो भइसकेको छ, नयाँ कारको व्यापारलई जस्तै यसलाई पनि व्यवस्थित रुपमा संचालन गर्न आवश्यक छ,’ कुईँकेलले भने ।

५ लाख देखि ५५ लाखसम्मका कार

नयाँ वानेश्वरमा रहेको मोटर कार प्रालिले पनि विगत १४ वर्षदेखि विभिन्न ब्रान्डका पुराना गाडीहरु खरिद तथा बिक्री गर्दै आएको छ । उक्त रिकन्डिशन हाउसमा हुन्डाई, मारुती सुजुकी, निसान र टाटा लगायतका कम्पनीका विभिन्न मोडेलका पुराना गाडीहरु बिक्रीको लागि राखिएका छन् ।

हाल, यस कम्पनीसँग पाँच लाखदेखि ५५ लाख रुपैयाँसम्मका कार रहेका छन् । ग्राहकको चाहाना, क्षमता र आवश्यकता अनुरुप ‘लो रेन्जदेखि हाइ रेन्ज’सम्मका रिकन्डिशन कार बिक्री गर्दै आएको प्रालिका संचालक अजय पोदार बताउँछन् ।

धेरै खोजिने ब्रान्ड

मोटर कार प्रालिले धेरै बिक्री गरेका गाडीहरुमा हुन्डाईको स्यान्ट्रो, टुसान र सन्ताफे तथा मारुतीको स्विफ्ट डिजायर, कार्गो भ्यान र मारुती भ्यान हुन् । प्राय, हुन्डाईको ग्रान्ड आई १०, सुजुकी स्विफ्ट, मारुती भिटारा ब्रेजा, वागेनआरको रिकन्डिशन मोडल खरिद गर्न चाहने ग्राहक बढी भएको पोदार बताउँछन् ।

ग्राहकले गाडी खरिद गर्दा सुरुमा सबै सर्भिसिङ गरेर दिइने र केही दिनमै गाडीमा समस्या आएमा आफूले फिर्ता पनि लिने गरेको उनले बताए । ग्राहकले गाडी खरिद गर्दा गाडीको अवस्था, पार्ट पुर्जाको अवस्था, माइलेज लगायत सबै कुराको ध्यान राख्नुपर्ने उनि बताउँछन् ।

काठमाडौं अटोमोबाइलका महाप्रबन्धक कुईँकेल भने गाडीको मूल्य निर्धारण गर्दा आफूलाई न्युनतम १५ हजार फाइदा हुने गरी निर्धारण गर्ने गरेको भए पनि कतिपय अवस्थामा धेरै वर्षसम्म पनि गाडी बिक्री नहुँदा घाटा बेहोर्नु पर्ने बताउँछन् ।

फाइनान्स सुविधा

प्राय, रिकन्डिशन कम्पनीले राष्ट्र बैंकको नीति अनुरुप नै सेकेन्ड ह्यान्ड कारमा फाइनान्स सुविधा प्रदान गर्दै आएका छन् । बैंकले आठ वर्षभन्दा पुराना गाडीमा फाइनान्स सुविधा दिदैन । प्रायः फाइनान्स कम्पनी र बैंकले आठ वर्षको अवधिलाई आधार मान्दै फाइनान्सिङ सुविधा प्रदान गरिन्छ ।

ग्राहकले स्वयंमले छनौट गरेको फाइनान्समार्फत रिकन्डिशन कार बिक्री हुने गरेको छ । मोटर कार प्रालिका पोदारका अनुसार कम्पनी स्वयंमको फाइनान्स ‘मोटर कार’ मार्फत फाइनान्स सुविधा दिँदै आएको बताउँछन् ।

फाइनान्स र बैंकले सेकेन्ड ह्यान्ड कारमा १६ प्रतिशत ब्याजदरमा ऋण सुविधा प्रदान गर्दै आएका छन् । नयाँ कारमा जस्तै सेकेन्ड ह्यान्ड कारमा पनि वारेन्टी, ग्यारेन्टी, छुट, उत्कृष्ट फाइनान्सिङ सुविधा प्रदान गर्दै आएको रिकन्डिशन कम्पनीहरुको दाबी छ ।

(स्रोत: मेरो अटो)

२०७६ असार २५ गते प्रकाशित

वि.सं.२०७६ असार २५ बुधवार १५:५७ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...