बीर अस्पतालमा प्रभुको चौबिसै घण्टा खुल्ने काउण्टर, हज यात्राका लागि जानेहरुलाई घण्टाघरमा विदेशी मुद्रा सटहिको सुविधा

काठमाडौं। वीर अस्पतालमा उपचार गराउँन आउने सर्बसाधारणको सुविधाका लागि अस्पताल प्रशासनसँगको सहमतिमा प्रभु बैंकले साउन १ गतेदेखि एक्सटेन्सन काउन्टर शुरु गरेको छ।नेपालको सबैभन्दा जेठो वीर अस्पतालमा चौविसै घण्टा खुल्ने एक्सटेन्सन काउन्टर शुरु गरिएको प्रभु बैंकले जनाएको छ ।

प्रभु बैंकले हज यात्राका लागि मक्का मदिना जाने नेपाली मुस्लिम धर्मालम्बीहरुका लागि विदेशी मुद्रा सहटीको सुविधा पनि साउन १ गतेदेखि नै काठमाडौको घण्टाघरबाट दिन थालेको छ। हज यात्राका लागि जाने एक हजार दुई सय जनालाई लक्षित गरी बैंकले प्रति ब्यक्ति एक लाख रुपैयाँ बराबरको सुविधा दिने जनाईएको छ।

देशभर एक सय ८७ शाखा, एक सय ५० एटीएम र २५ वटा एक्सटेन्शन काउन्टर भएको यस  बैंकले गत आर्थिक बर्षको अन्त्य सम्ममा एक खर्ब १२ अर्ब निक्षेप संकलन गरी ९० अर्ब कर्जा प्रबाह गरेको छ ।

२०७६ साउन १ गते प्रकाशित

२०७६ साउन १ गते १३:३६ मा प्रकाशित

You can share this post!

एकहजार भन्दा माथि तलब खानेले लिनुपर्छ प्यान नम्बर,अनलाइनबाटै यसरी भर्नहोस्

नुप्चे लिखु हाइड्रोलाई माछापुच्छ्रेको साथ, सात बैंकले आठ अर्व दिने

Related posts